मजा छुट्टै गरेपछि रोदनमा सन्तोष

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७२, शुक्रबार

काठमाडौं । गायक सन्तोष अधिकारी यतिबेला रोदनको यात्रा गरिरहेका छन् । प्रवेशबाट प्रवेश गरी मजा छुट्टै रोदनतर्फ लम्किरहेका सन्तोषको रोदन अब कस्तो भएर स्रोता माझ आउला प्रतिक्षाको विषय बनेको छ । आफ्नै रचना, संगीत र स्वरमा रहेको रोदन एल्बममा समावेश एक गीतमा आशिष अबिरलको एरेन्ज रहने भएको छ । जुन गीत छिट्टै रेकर्डिङको क्रममा छ भने एल्बमका अन्य गीतहरुको पनि काम भइरहेको छ ।
सन्तोष अधिकारी गायक मात्र होइनन् उनी राम्रो शब्द सिर्जना पनि गर्छन् भने संगीत पनि आफैं भर्ने गर्छन् । उनका केही गीतहरु उत्कृष्ट बन्न सफल पनि भएका छन् । नलाङ्ग –७ बैरेनी धादिङमा २०४९ सालमा जन्मिएका अधिकारी स्कुलस्तरीय कार्याक्रमदेखि नै गायनमा उत्कृष्ट हुँदै आएका हुन् । संगीतको शिक्षाविना नै धेरै प्रतियोगिताहरुमा उत्कृष्ट गायकको रुपमा सफलता हात पारेपछि शिक्षकहरुबाटै प्रेरणामा संगीत शिक्षा लिँदै गायनको बाटो अँगालेका हुन् । त्यसो त उनको प्रेरणामा साथ दिने उनका दाजु शम्भु अधिकारी पनि संगीतका विद्यार्थी हुन् । दाजु संगीतका विद्यार्थी भए पनि व्यवसायमा लागे तर उनीभने संगीतमा आफ्नो भविश्य खोज्दै हिंडीरहेका छन् ।

santosh adhikari
डेढ दर्जनजति गीतमा स्वर दिइसकेका अधिकारी २०६७ सालमा संगीत क्षेत्रमा प्रवेश गरेका हुन् । २०६९ सालमा पहिलो एल्बम प्रवेश बजारमा आएपछि उनको नाम सांगीतिक क्षेत्रमा देखियो. तर त्यो उनका लागि पहिलो पाइला माात्र थियो । त्यसपछि उनको निरन्तरतामा मजा छुट्टै नामक एल्बम आयो । उक्त एल्बमले उनको नामलाई अझ उचाईमा पु¥यायो । जुन एल्बमबाट उनले रापती म्यूजिक अवार्डमा उत्कृष्ट नवगायकको अवार्ड चुम्न सफल भए भने म्यूजिकखबर अवार्डलगायत धेरै अवार्डमा उत्कृष्ट पाँचको मनोनयनमा पर्न सफल भए ।
संगीतका कखरा संगीतकार प्रकाश गुरुङसँग सिकेका अधिकारीले डेढ वर्षको आधुनिक संगीतको कोर्स पूरा गरी संगीतकार चण्डीप्रसाद काफ्लेसँग शास्त्रीय संगीतको प्रशिक्षण लिइरहेका छन् । करिब तीन वर्षसम्म निरन्तर शास्त्रीय संगीतको कक्षा लिएपछि गायन र संगीतको अलावा उनले एरेन्जको कामलाई पनि आत्मसात गरे । सेमीक्लासिकल बेसमा रहेर आधुनिक गीतसंगीत रचना गर्ने र गाउने गरेका अधिकारी स्कुलदेखि नै नारायण गोपाल र गोपाल योञ्जनको गीतहरुमा अभ्यास गर्दै आफ्नो गायनको बाटोलाई अगाडि बढाइरहेका छन् ।

santosh adhikari1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु