मञ्जुको जन्मदिन स्रोतासँग

म्यूजिक खबर
प्रकाशित: ११ बैशाख २०७२, शुक्रबार

काठमाडौं । सफल कार्यक्रम प्रस्तोता हुँदै पछिल्लो समय लोक गीतका क्षेत्रमा चर्चा बटुल्ल सफल लोक गायिका मञ्जु पौडेलले बिहिबार आफ्नो जन्मदिन मनाएकी छन्। दिदी मञ्जुलाई जन्मदिनको शुभकामना दिन उनकी बहिनी बबिना पौडेल विहानै केक बोकेर उनको कोठासम्म पुगेकी थिइन् । विहान उठ्ने वित्तिकै बहिनीको शुभकामना पाएकी मञ्जुले बहिनीले ल्याएको केक काटेर जन्मदिन मनाईन । बहिनीबाट सुरुवात भएको उनको जन्मदिनमा उनका शुभेच्छुक र स्रोताहरुको भीड लागेको थियो । गत वर्ष अनाथ बालबालिकासँग खुसी बाडेर जन्मदिन मनाएकी मञ्जुले यो वर्ष भने केक काटेर आफ्नो जन्मदिन मनाएकी हुन्।

अहिलेसम्म जति जन्मदिन मनाए तीमध्ये यो जन्मदिन धेरै फरक पाएको छु किनभने अहिलेसम्मकै खुशी यसपाली मिलेको छ मलाई, गायिका मन्जुले भनिन् । करिब एक दशकदेखि लोकगीतका क्षेत्रमा आफ्नो अनुभव बटुलेकी मञ्जुले नयाँ वर्ष तथा जन्म दिनसँगै नयाँ कामलाई निरन्तरता दिने अठोट लिएकी छन् । उनको कार्यक्रम प्रस्तुत गर्ने शैलीमा जति दर्शकहरु लठ्ठ पर्थे त्योभन्दा बढी उनको गायकीमा जादू रहेको छ । पछिल्लो समय मुलुक भित्र र बाहिर हुने मेला महोत्सवमा उनी व्यस्त हुँदै आएकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु