मञ्जु र प्रकाशको मिठो बोलीले दर्शक लठ्ठै

म्यूजिक खबर
प्रकाशित: २२ पुष २०७२, बुधबार

लोकदोहोरी गायिका मञ्जु विक र गायक प्रकाश सपुतको मिठो बोलीले लमजुङको महोत्सवमा आएका दर्शकलाई लठ्ठै पा¥यो रे । मिठो बोलीका धनी गायक प्रकाशको बोलीमा त जादू नै छ भन्दा फरक पर्दैन । गायिका मन्जु आफैंमा रुपकी धनी अनि स्वरकी धनी सबैले उनीहरुप्रति चासो राख्नु स्वभाविक नै हो ।
प्रकाश र मन्जुको स्वरमा रहेको गीत ’मिठो बोलीले’ नामक लोकदोहोरीको म्युजिक भिडियोसहित लमजुङमा भएको महोत्सवमा सार्वजनिक गरिएको थियो । गायिका विकको जन्मस्थान बेसीशहरमा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहन अकेला र पशुपति प्रसाद गणका गणपति शुभागंत कट्वाल, ओम फाउण्डेशनका अध्यक्ष उर्मिला खड्का, लोकदोहोरी प्रतिष्ठानका केन्द्रिय सदस्य चोलेन्द्र पौडेलले संयुक्तरुपमा म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

Prakash saput-manju
भिडियो सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी अकेलाले गीतसंगीत मानवजीवनका लागि महत्वपूर्ण पक्ष भएकाले यसको सम्वद्र्धन, प्रवद्र्धन र विकासमा सबै पक्षले चासो लिनुपर्ने बताए । त्यस्तै, लोकदोहोरी प्रतिष्ठानका केन्द्रिय सदस्य पौडेलले गीतको समिक्षा गर्दै सफलताको कामना व्यक्त गरे ।

कार्यक्रममा दलित सेवा संघ लमजुङका अध्यक्ष विवश बुढाथोकीले गायिका विकको सांगीतिक यात्राको बारेमा सहभागीलाई जानकारी गराएका थिए । पोखरास्थित ओम फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा सहभागीका तर्फबाट जिविसका योजना तथा अनुगमन अधिकृत खिम विक, लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठ, ठाडोभाका शिरोमणि दीर्घराज अधिकारी (भेडीखर्के साँईला), ओम फाउण्डेशनका महासचिव सुरेन्द्र गुरुङ लगायतले गायक÷गायिकालाई बधाई एवं शुभकामना व्यक्त गरेका थिए ।

mitho bolne copy

लोकदोहोरी गायक प्रकाश सपुत र विकको स्वर रहेको सो गीतको म्युजिक भिडियोमा पनि कलाकार द्वय सपुत र विकले अभिनय गरेका छन् । सो अवसरमा म्युजिक भिडियो पनि प्रर्दशन गराईएको थियो ।
कार्यक्रममा ठाडोभाका गीतको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै ठाडोभाका शिरोमणि दीर्घराज अधिकारी (भेडीखर्के साँईला)लाई ओम फाउण्डेशन पोखराले सम्मान पनि गरेको थियो । उनलाई दोसल्ला ओढाउँदै सम्मानपत्र र नगद ५ हजार रुपैयाँले सम्मान गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु