मतदातालाई धन्यवाद ज्ञापन गर्दै, बुँदागत योजना लिएर राजनीतिक मैदानमा राधिका

म्यूजिक खबर
प्रकाशित: २० असार २०७४, मंगलवार

radhika hamalअसार २०, काठमाडौ । मनोरञ्जनमुलक कार्यक्रमहरुका लागि देश विदेशको यात्रा गर्दै आएकी गायिका राधिका हमाल पछिल्लो समयमा राजनीतिमा पनि सक्रिय देखिएकी छिन् । स्थानिय चुनावका लागि नेपाली कांग्रेसबाट रोल्पाको त्रिवेणी गाउँपालिकाको उपप्रमुख पदको लागि चुनावी मैदानमा उत्रिएकी सुप्रसिद्ध गायिका राधिका हमाल लाई यस् पटक असफलता हात पर्यो। तर उनले आफु र आफ्नो पार्टीलाई विश्वास गरी भोट दिने जनतालाई आभार सहितको धन्यवाद ज्ञापन गरेकी छिन् ।

कस्तो रह्यो अनुभव..? के योजना छ? राजनीतिमा निरंतरता दिने कि नदिने ? भन्ने प्रश्नमा गायिका तथा नवनेत्री राधिका हमालले म्यूजिक खबरसँग कुरा गर्दै भनिन् – ‘असफलता ले नै मानिसलाई सफल बनाउछ, रिजल्ट ले हल्का तितो अनुभव बनाए पनि बिचार गर्दै जादा अति उत्तम भो,धेरै जटिल समस्याहरु छन ती समस्याहरू संग जनता एक्लैले सामना गर्न बाध्य पारिएको छ,राज्यको ध्यान त्यता अलि नपुग्नु दुखको कुरा हो यो मेरालागि नमिठो अनुभव हो। मेरो राजनीतिक पाइला निखारिएको अनुभव गरेकी छु ।राजनीतिमा भएका विकृती र समस्याहरुका विरुद्ध लड्ने साहस पनि चुनावले दियो ।’

radhika hamal

राधिकाको क्षेत्र अर्थात् त्रिवेणी गाउँपालिकामा एमालेका शान्तकुमार वली अध्यक्षमा र सावित्रा बुढामगर उपाध्यक्षमा विजय भएका छन् । मतपरिणाम सार्वजनिक भएसँगै आफुलाई पत्याउने जनतालाई धन्यवाद दिंदै राधिकाले नवनिर्वाचत पदाधिकारीहरुलाई बधाई समेत दिएकी छिन् । म्यूजिक खबरसँग कुरा गर्दै अबका दिनमा त्रिवेणी गाउँपालीकाबासीको सेवा गर्न सदैव तत्पर रहेको आशय व्यक्त गरिन् । राजनीति यात्राको छोटो समयमा नै आफुले प्राप्त गरेको मत त्रिवेणी गाउँपालिकामा आफुलाई भरपर्दो विकल्पको रुपमा उभ्याएकोमा उनले खुशि व्यक्त गर्दै सो ठाउँका जनतालाई धन्यवाद ज्ञापन गरेकी छिन् ।

गाउँमा धेरै समस्याहरु छन् तर ति समस्याहरुसँग जनता एक्लैले सामना गर्न बाध्य पारिएको छ । गाउँ देखि राज्यसम्मको ध्यान त्यता पुगोस् भन्ने कामना गर्दै  योजनाहरु बुँदागत रुपमा यसरी पेश गरेकी छिन् ।
यस्ता छन् योजनाहरु

१)त्यो दुर्गम बस्ती ठाउँहरुलाई कसरी सुगममा परिणत गर्न सकिन्छ,पहल गर्ने ।

२)बालबालिकाहरुको बाल अधिकार सुरक्षाका निम्ति बालभत्ता हुनु पर्छ,त्यसलाई कसरी पुरा गर्न सकिन्छ राज्य संग वा ngo ingo मार्फत पहल गर्ने ।

३)बेरोजगार युवाहरुलाई जसरी रोजगार हुनुपर्छ,स्थानीय युबाहरुलाई स्थानीय सुरक्षा बल(Local police force)नामाकरण गरि रोजगार दिने उहाँहरुलाई स्थानीय बिकासको कार्यमा र सुरक्षाको कार्यमा परिचालन गर्ने,

४)सामाजिक सुरक्षा भत्ता वृद्धि गरि एकल महिला संगै एकल पुरुषलाई पनि दिने,त्यस कार्यले महिला पुरुष बराबर भन्ने संदेश दिने छ,परिवेश उहीँ हो महिलालाई जति दुख छ पुरुषलाई पनि उहीँ दुख छ दुबैको समस्याको संबोधन हुनुपर्छ ।

५)वृद्धभत्ता बढाउने र गैर दलित र दलित बिच बर्षको फरक राखिएको छ त्यो एउटै बर्ष कायम हुनुपर्छ 60 बर्ष/तर 70 धेरै भयो अहिले नेपालीहरुको सरदर आयु घट्दै गैरहेको अवस्था छ । त्यसैले सबैले 60 बर्ष बाटै वृद्धभत्ता प्राप्त गर्नुपर्छ ।

६)शैक्षिक योग्यता %को आधारमा class छुट्टाउनु पर्छ र सोही अनुरुप सबैलाई रोजगार उपलब्ध गराउनु पर्छ,जबकि 100 जनाको लोकसेवा आह्वान गर्दा 1200 जनाले दिनु नपरोस्,किनकि मेरो बिचारमा ती 1200 जना नै योग्य हुनुहुन्छ र त लोकसेवा लड्न जानू भो तर 100 जना को कारण 1100 जना अपमानित हुनुपर्ने हुन्छ, त्यो राम्रो होइन सबैलाई रोजगार हुनुपर्छ रोजगारले देश बिकासको गतिमा अघि बढ्छ ।radhika-hamal

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु