मधुले ल्याइन् संगीतमा व्युटी (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १५ चैत्र २०७३, मंगलवार

चैत्र १५, काठमाडौं । गायिका मधु क्षेत्रीले लोक पप ‘ब्युटी ब्युटी छ’ दर्शक स्रोतामाझ ल्याएकी छिन्। यो गीतमा मधुलाई स्वरमा मेक्सम खातीले साथ दिएका छन्। गीतको म्युजिक भिडियो म्युजिक नेपाल मार्फत युट्युबमा सार्वजनिक गरिएको छ।

क्रान्ति केसीले निर्देशन गरेको ब्युटी ब्युटी छमा एसराज गहतराज र अनु शाहले अन स्क्रिन रोमान्स गरेका छन् भने उत्सव दाहाले छायांकन गरेका छन्। मधुका यसअघि जवानी छल्कियो, आगो पार्यो, पिरती लगाउनजस्ता गीत दर्शक⁄स्रोताले अध्याधिक मन पराएका छन्। उनको छिट्टै आउँदै गरेको गीत सुदूर पश्चिम दुई अञ्चल जिल्ला ९ वटा रहेको छ। यो गीतमा उनलाई मिलन लामाले स्वरमा साथ दिएका छन्।

madhu Chhetri

गत ७ वर्षदेखि नेपाली गीतसंगीतमा आफ्ना क्रिएसन दिँदै आएकी मधु बलराम राजवंशी र प्रकाश गुरुङसँग यस सम्बन्धी अध्ययन गरेर नै यो क्षेत्रमा होमिएकी हुन्। सुदूर पच्शिम कैलालीको चौमालामा बुबा पदमसिंह सिंगाल र पदमादेवी सुंगलको कोखबाट जन्मेकी मधु सबै खाले गीत गाउने क्षमता राख्छिन्। तर, उनको पहिचान भने लोकगीतमा छ ।

mexam khati

संगीतलाई दुःख सुखको साथी मान्ने उनी पछिल्लो समयमा लोकगीतमा आएको विकृतिमा चिन्तित छिन्। ‘दोहोरीमा अहिले फोहोरी भइरहेको छ। यो राम्रो होइन’ –उनी भन्छिन्।
देश र देशबाहिरका विभिन्न सांगीतिक कार्यक्रममा सहभागी हुँदै आएकी उनी आफ्ना अन्य गीतजस्तै ‘ब्युटी ब्युटी छ’ले स्रोता दर्शकको साथ पाउने विश्वास व्यक्त गर्छिन्।

भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु