मनको रहरको भिडियो सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १७ चैत्र २०७१, मंगलवार

काठमाडौं । गायक मौसम मधुरको गीतको म्यूजिक भिडियो राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ । कलाकार सम्राट सापकोटाको प्रमुख आतिथ्यतामा गायक डिजराज पौडेल, नेपाल टेलिभिजनका मनहरी थापाको उपस्थितिमा उक्त म्यूजिक भिडियोलाई सार्वजनिक गरिएको थियो । दरबारमार्गको भेला रेष्टुरेन्टमा भएको कार्यक्रममा निर्देशक माधव खरेलले स्वागत मन्तव्य दिँदै कार्यक्रमबारे प्रष्ट पारेका थिए ।
कलाकार रुपेश उप्रतीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नायक श्रीदेव भट्टराईले म्यूजिक भिडियो निर्माणका अवसरमा भएका अनुभवहरुलाई सुनाएका थिए । त्यस्तै गायक मौसम मधुरले गीत रेकर्डदेखि म्यूजिक भिडियो निर्माण गर्दासम्मका अनुभवहरु सुनाएका थिए । सोही अवसरमा उक्त गीतको म्यूजिक भिडियोमा संलग्न रहेका सहयोगी हातहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
उक्त म्यूजिक भिडियोमा अनिता श्रेष्ठ, अमित पौडेल, उमेश सापकोटा र श्रवण खरेलको अभिनय रहेको छ भने रुपेश उप्रेतीले निर्देशन गरेका छन् । जनकराज अधिकारीको छायाँकन रहेको उक्त म्यूजिक भिडियोलाई प्रदीप दाहालले सम्पादन गरेका छन् । सन्तोष प्रगाढको संगीत रहेको उक्त गीतलाई अनिल खनालले लेखेका हुन् । कार्यक्रम सुर श्रृंगार फिल्म्सले आयोजना गरेको थियो ।

IMG_4617 IMG_4618 IMG_4590 IMG_4595 IMG_4591 IMG_4598 IMG_4599 IMG_4601 IMG_4609

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु