मनुतासँग ‘सँगै यात्रा गर्ने हो ?’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ३० पुष २०७२, बिहीबार

 गायिका मनुता काङ्बाङले आफ्नो एल्बम ‘आवाज’ अर्थात् इक्लामा समेटिएको अर्को नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । मनुताले ‘यो यात्रा के सँगै गर्ने हो’ बोलको गीतलाई भिडियोमा ल्याएकी हुन् ।
मीना सिंघकको शब्दरचना रहेको यस गीतलाई ताराप्रकाश लिम्बूले संगीत गरेका हुन् । मनुतालाई गायनमा उत्तमजंग लिम्बूले साथ दिएका छन् । यु–ट्युबमार्फत सार्वजनिक भिडियोलाई युगल पोमु लिम्बूले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र पुष्प खड्काले अभिनय गरेका छन् । यस गीतको भिडियोलाई रुबुशा क्रियटिभ वर्कस्ले बजारमा ल्याएका हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु