मनोज गजुरेसँगको डिभोर्स लगतै मिनाले चालिन् स्वपहिचान र आत्मनिर्भरताको पाइला !

म्यूजिक खबर
प्रकाशित: ५ माघ २०७४, शुक्रबार

माघ ५, काठमाडौं । मनोज गजुरेललाई एशियाकै उत्कृष्ट हाँस्यकलाकारको उपमा पनि दिइने गरिएको छ, हुन पनि उनको प्रस्तुति सुन्ने हेर्ने जोकोहि जतिसुकै सिरियस व्यक्ति भएपनि नहाँसीरहन सक्दैनन् । यसरी घर बाहिर हँसाउने मनोजले घरभित्र भने हँसाउन सकेनन् ।

हालै मनोजसँग सम्बन्ध विच्छेद गरेकी मिना ढकालले भने अनुसार त मनोजले कहिलेपनि मिनाका अगाडि रोमान्टिक बन्न सकेनन् । मिनाले स्टेजमा अर्थात टिभीका पर्दामा मात्र मनोजलाई हाँस्यकलाकारका रुपमा पाइन् । घर भित्र पसेपछि उनै मनोज रुवाउने पात्रका रुपमा खडा हुन्थे ।

केहि न केहि गरौं, स्वावलम्बी र स्वाभिमानी बनौं भन्ने श्रीमतीको इच्छालाई सपोर्ट गर्नु त परै जाओस् श्रीमतीलाई सदैव होच्याउने व्यवहार गर्दै आए । यस्तो व्यवहारको उनले २२ वर्ष झेलिन, किनकी उनलाई घर टिकाउनु थियो । तर सहनुको पनि सिमा हुन्छनी ।

मनोजको हेपाहा प्रवृतिलाई मिनाले झेल्न सकिनन् र अन्ततः मनोज गजुरेलको श्रीमतीको ट्यागबाट अलग भइन् । पौष ११ गते मनोजसँग मिनाले डिभोर्स गरिन् । यो खबरले आम मानिसलाई दुःख तुल्याए पनि मिनाले सम्बन्धको ह्पाप्पी इण्डीङका रुपमा लिएको प्रतिकृया दिइन् ।

केहि त गरौं भन्ने भावनाकी मिनाले यतिबेला काठमाडौंको मध्यबानेश्वरमा ‘आमाछोरी ट्रेण्ड बुटिक’ खोलेकी छन् ।
‘मन्त्र दिव्य स्क्वायर’ पहिलो तलामा रहेको सो बुटिकलाई गायिका कोमल वली र सञ्चारकर्मी अनिता विन्दुले उद्घाटन गरेका थिए ।
बुटिक ओपनिङमा मिना ढकालले ग्राहकको चाहनालाई ख्याल गरेर नयाँ नयाँ डिजाइन दिइने बताइन् । आमाछोरी बुटिकको सेवा र गुणस्तर उच्चस्तरीय रहने गायिका वलीको विश्वास छ ।

यो पनि पढ्नुहोस् !

मनोज गजुरेलको २१ वर्षे वैवाहिक सम्बन्धमा पूर्णबिराम ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु