मन्जुलाई सुपारीको तल्तल की मायाको ?

म्यूजिक खबर
प्रकाशित: १० कार्तिक २०७२, मंगलवार

गायिका मन्जु पौडेललाई यतिखेर तल्तल लागेर हैरान पारेको छ रे । केको तल्तल लाग्यो भनेर सोध्यो भने उनी भन्ने गर्छिन् – ‘सुपारीको’ । सुपारीको तल्तल लागे त बजारमा पाइन्छ क्यारे नाकाबन्दीले सुपारीलाई त असर गरेको छैन । तर उनको एउटै बोली छ ‘सुपारीको तल्तल’ !
गायिका मन्जुको कुरामा सुपारीको तल्तल होइन मायाको तलतल लागेजस्तो देखिन्छ । कतै कतै मात्र उनले सुपारीको कुरा अगाडि सारे पनि पुरै गीत सुन्दा लाग्छ मायाको तल्तलले उनलाई पनि सताएको हो ।
भोलि भोलि भन्दैछ निष्ठुरी
मलाई भने लाइसक्यो आतुरी
तल्तल लाग्यो मलाई
तल्तल लाग्यो मलाई सुपारीको तल्तल
लाउनेले माया लाइहाल्छ नलाउनेले छलफल

raju-manu poudel
गायिका मन्जु पौडेल र गायक राजु परियारको स्वरमा रेकर्ड भएको गीत ‘तल्तल लाग्यो मलाई’ गायिका पौडेलको पछिल्लो गीत हो । लोकदोहोरी गीतको रुपमा लिइए पनि यो गीतको संगीत गायकीले भने स्टेजका लागि तयार पारिएको देखिन्छ । एकनारायण भण्डारीको शब्द र लयमा तयार भएको यो गीतले गायिका मन्जुलाई चर्चाको शिखरमा पु¥याउने भने पक्कै छ ।

अडियोको लागि तल क्लिक गर्नुहोला

manju
https://soundcloud.com/musickhabar-com/tal-tal-layo-malai-supariko-tal-tal

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु