मन्जुले कुलेन्द्रसँग जालेरुमालको कुरा गरिन् (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ५ फाल्गुन २०७२, बुधबार

काठमाण्डौ, ५ फागुन । नेपाली गीत संगीत उद्योगमा नयाँ नयाँ गीत भित्रिने क्रममा लोक दोहोरी गीत ‘जाले रुमाल’को भिडियो सार्वजनिक भएको छ । नेपाली सांगीतिक क्षेत्रमा व्यस्त अनि लोकप्रिय र सुन्दरी गायिकाको रुपमा ख्याति कमाएकी गायिका मन्जु पौडेलले नँया कोशेली स्वरुप ‘जाले रुमाल’ बजारमा ल्याएकी छिन्। देश तथा विदेशमा हुने सांस्कृतिक कार्यक्रममा अत्याधिक व्यस्त रहँदै आएकी पौडेल पछिल्लो समयमा सबैभन्दा रुचाईएकी गायिका पौडेलले प्रणय दिवसको अवसरमा उक्त गीतको सार्वजनिक गरेकी हुन् । उनलाई गायक कुलेन्द्र बि.क.ले साथ दिएका छन् । साथमा दर्शक,स्रोताको माया बटुल्नेमा गायिका पौडेल विश्वस्त रहेको बताउने पौडेलले एकनारायण भण्डारीको शब्द रोजेकी हुन् ।

बिएमएस फिल्मस् बाट बजारमा आएको गीतमा माया बुन्न नजानेर झैँ गरी मायाजाललाई प्रगाढ बनाउँदै लगेको कथा सुन्न सकिन्छ भने दृष्य समेत हेर्न सकिन्छ ।शंकर विसीको निर्देशनमा तयार भएको गीतमा राजेश धिमिरेको छाँयांकन रहेको छ । भिडियोमा शंकर बिसी र करिस्मा ढकालले मोडलिङ गरेकी छिन् ।

manju_jale_rumal
गीतको शब्द यस्तो रहेको छ : रुमाल बुन्न आमासँग सिके पोहोर साल, कसले सिकाईदेला मलाई बुन्न माया जाल, मैले बुनेको जाले रुमाल देखेँ तिम्रो हातैमा मै भएँ जस्तो लाग्यो तिम्रो साथैमा । बाँकी भिडियोमा हेर्नुहोस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु