मन्जु पौडेलले ल्याइन् सुन्दै नाचुँ-नाचुँ लाग्ने तीज गीत

म्यूजिक खबर
प्रकाशित: २७ असार २०७४, मंगलवार

manju-poudel

असार २७, काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तिज नजिकिँदै छ । बजारमा दिनहुँ नयाँ नयाँ तीज गीत भित्रिने क्रम जारी छ । तीजलाई नै लक्षित गर्दै चर्चित गायिका मन्जु पौडेलले पनि ‘नाईं नाईं भन्छ मायाले’बोलको नाचुँ नाचुँ लाग्ने गीत सार्वजनिक गरेकी छिन् । मन्जु पौडेल र सन्तु थापाको आवाज रहेको उक्त गीतमा मौलिक शब्द, लय प्रयोग गरिएको छ ।

शिव हमालको शब्द रहेको उक्त गीतमा पश्चिम नेपालका बुटवल, पाल्पा, गुल्मी जस्ता सुन्दर भौगोलीक स्थानहरुको चित्रण गरिएको छ । गीतको भाका संकलन पनि सन्तु थापाले नै गरेका छन् । शंकर विसी निर्देशीत उक्त म्यूजिक भिडियोमा रिना थापाको साथमा शंकर विसीले नै अभिनय गरेका छन् । गितलाई वि.एम.एस फिल्मस् प्रालिले बजारमा ल्याएको हो ।

हेरौं भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु