मन्दिर धाउँथे, आज क्लब छिरेः रेखा थापा

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७४, आईतवार

असार २५, काठमाडौं । क्लब उडल्याण्डले पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अभिनेत्री रेखा थापाले सधैं मन्दिर धाउँथे आज क्लब आउँदा धेरै खुशी लागेको बताइन् । क्लबमा साँच्चिकै यस्तो हुन्छ भन्ने थाहा थिएन धेरै रमाइलो हुँदो रहेछ थापाले भनिन्– ‘क्लब उडल्याण्डले ग्राहकहरुलाई राम्रो सेवा प्रदान गरेको छ भन्ने उपस्थितिले बताउँछ ।’ कार्यक्रममा अभिनेत्री रेखा थापाले क्लबको सिनमा धेरै सुटिङ गरेको भए पनि क्लब पहिलोचोटी छिरेको बताइन् ।

Rekha Thapa_Prem Shrestha
दरबारमार्गमा रहेको क्लब उडल्याण्ड दोस्रो वर्षमा प्रवेश गरेको छ । पहिलो वर्ष पूरा गरी दोस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा अभिनेत्री थापाद्वारा केक काट्दै क्लबको वार्षिकोत्सव मनाइएको थियो । उक्त कार्यक्रममा थापाका अलावा गोर्खा सांस्कृतिक समाजका अध्यक्ष गायक दीपसागर थापा, गायक दिनेश थापा, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन पण्डित, टुरिजम व्यवसायी नवराज आम्गाईं, गोर्खा समाज सेवा केन्द्रका कोषाध्यक्ष विष्णु पोखरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा क्लब उडल्याण्डलाई सहयोग गर्ने सहयोगीहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

rekha

क्लब उडल्याण्डका बारेमा बोल्दै संचालक प्रेम श्रेष्ठले ग्राहकहरुको मन जित्न सफल भएको बताएका थिए । ग्राहकको सन्तुष्टि र सौहार्दपूर्ण वातावरणमा क्लब उडल्याण्डमा रमाउन सबैले सक्ने श्रेष्ठले बताए । साथीहरुसँगको सहकार्यमा क्लब उडल्याण्ड स्थापना भएको र व्यवसायिक रुपमा पनि सफलता हासिल गर्न सफल भएको बताउँदै श्रेष्ठले सम्पूर्ण संचालक र ग्राहकहरुलाई धन्यवाद दिएका थिए । क्लबको संचालकमा प्रेम श्रेष्ठ र सुनिल कुँवर रहेका छन् ।

club woodland dinesh thapa

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु