ममताको शब्द ‘उडी हराउने धुवाँ’मा राजेश पायलको कर्णप्रिय आवाज (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २९ जेष्ठ २०७५, मंगलवार

ज्येष्ठ २९, काठमाडौं । मेघा स्टार गायक राजेशपायल राईले अमेरीकामा रेकर्ड गरेको ‘उडी हराउने धुवाँ’ बोलको गीत सार्वजनिक भएको छ । अमेरीकामै रहेर नेपाली गीत संगीतमा इटा थप्दै आइरहेकी गीतकार ममता राईको शब्दमा समावेश रहेको गीतको भिडियो सार्वजनिक भएको हो । यस गीतमा दिप घतानीको संगीत तथा एरेञ्ज रहेको छ । यस गीतलाई विशाल चौतारी मिडिया प्रा.लीबाट सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतको बारेमा बोल्दै गायक राजेश पायल राईले गीतकार ममता राईको शब्दमा गीत राम्रो बनेको बताए । राजेश पालयलले भने ‘हामिले नेपाली चलचित्रका गीतहरु विदेशको कुरा गर्ने हो भने इन्डियामा मात्र रेकर्डिङ गरिरहेका हौ । तर म आफुलाई भाग्मानी ठान्छु की मैले कोरिया, जापान र अमेरीकामा आफ्ना गीतहरु रेकर्ड गर्न पाइरहेको छु ।’

त्यस्तै गीतकार ममता राईलेपनि अमेरीकामै गीत रेकर्ड गर्न निकै गाह्रो भएको बताइन् । गीत रेकर्ड गर्न केही समस्या भएपनि दुख गरे अनुसार गीत राम्रो बनेको बताइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु