मलाई कुन परिचय दिनुहुन्छ त्यो तपाईंहरुको हातमा छः मोक्तान

म्यूजिक खबर
प्रकाशित: २१ माघ २०७२, बिहीबार

गायिका रेणु मोक्तानले आफ्नो गीतिसंग्रह परिचय सार्वजनिक गर्दै कार्यक्रममा उपस्थित संचारकर्मीहरुलाई भनिन् – ‘मलाई कुन परिचय दिनुहुन्छ त्यो तपाईंहरुको हातमा छ ।’ गीतसंगीतमा गरिएको ठूलो संघर्षबाट परिचय खोज्दै गरेको बेलामा गीतिसंग्रह परिचय लिएर आएको उनले बताइन् ।

गायिका रेणु मोक्तानको तेस्रो लोकआधुनिक गीतिएल्बम ‘परिचय’ काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । कार्यक्रममा उपस्थित सम्पूर्ण पत्रकार एवं संगीतकर्मीहरुलाई प्रमुख अतिथि बनाएर आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठ, म्यूजिक डायरीका प्रधान सम्पादक तुलसी गिरी भावुक र साहित्यकार घनश्याम राजकर्णिकारको हातबाट परिचयलाई सार्वजनिक गरिएको थियो ।

renu moktan-1
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठले गायिका रेणु मोक्तानको एल्बम परिचयलाई हेर्दा पक्कै पनि उहाँको मेहनत महत्वपूर्ण भएको बताएका थिए । उनले परिचयका गीतहरुले पक्कै पनि गायिका मोक्तानको सांगीतिक परिचयलाई स्थापित गराउनेछ भन्दै एल्बमको सफलताको शुभकामना दिएका थिए ।

renu moktan-2
त्यसैगरी म्यूजिक डायरीका प्रधानसम्पादक तुलसी गिरीले पछिल्लो समय गीतसंगीतको क्षेत्र धरासायी बन्दै गएको अवस्थामा गायिका रेणु मोक्तानको आगमन र लगानीले पक्कै पनि महत्वपूर्ण भूमिका खेल्ने आशा लिएको बताए । गिरीले एउटा एल्बम निर्माण गर्दा धेरै मेहनत गर्नुपर्ने र लगानीका हिसाबले पनि परिचय राम्रो बनेको बताएका थिए । म्यूजिक खबर डटकमको आयोजनामा भएको उक्त कार्यक्रमलाई म्यूजिक खबरका सम्पादक सबिता पोखरेलले संचालन गरेकी थिइन् ।

sabita-parichaya
परिचय एल्बममा ढुंगालाई देउता सम्झी, आप्पाको छोरी, तिमीलाई मैले, यो आँखालाई, जल्छ मुटु, मुटुको माझैमा, लायो लायो, जे हुनु थियो, काली काली, आसेङ्गको छोरा जस्ता १० वटा गीत समावेश गरिएको छ । जसलाई जीवन बमजन, सोनिका लामा, बुद्धवीर लामा, समीर राई, टीका बमजन, तिलक पाख्रीन र गायिका मोक्तानको गीत रचना रहेको छ । त्यस्तै टीका बमजन, सोनिका लामा, रेणु मोक्तान, शान्तिराम राई, पुस्कर सुनुवारको संगीत रहेको छ । परिचयलाई शुभकामना मिडिया सोलुसनबाट बजार प्रबद्र्धन गरिएको छ ।

santosh-tulasi-renu tulasi giri

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु