मलाई लगाईएको लान्छना झूठो हो: खड्का

म्यूजिक खबर
प्रकाशित: १६ मंसिर २०७२, बुधबार

संगीतकार महेश खड्काले आफूमाथि अमेरिकामा बस्ने गीतकार दिलिप योन्जन तामाङले लगाएको आरोप सबै झुठा भएको दाबी गरेका छन् । संगीतकार संघका महासचिव समेत रहेका खड्काले संघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै आफूमाथि लगाइएका लान्छनाहरु सबै झुठ भएको भन्दै विज्ञप्ति जारी गरेका हुन् । उनले प्रेस विज्ञप्तिमा आफूले गीतकार तामाङको दुईवटा गीत गर्ने जिम्मा लिएको, म्यूजिकका सम्पूर्ण काम सकेर स्टुडियोमा गाउनका लागि ट्रयाक तयार भइसकेको बताएका छन् । बैशाख १२ को भूकम्प अगाडि नै गीत तयार गर्ने योजना भएको भए पनि गायक राजेशपायल राईको समय नमिल्दा रेकर्ड गर्न नसकिएको बताएका छन् । भुकम्पपछि खड्काको गाउँ खोटाङमा गएको पहिरोले घरबास उठाउन लागेपछि तनावमा रहेका खड्काले पटक पटक गायकको समय नमिलेको र गायक गायिकाको लागि गीतकारले पैसा नपठाएका कारण गीत रेकर्डिङ ढिलो भएको बताएका छन् ।

lokraj adhikari
गीतकारकै कारण प्रोजेक्ट ढिला भएको बताउँदै संगीतकार खड्काले आफूलाई जानकारी नै नगराई सामाजिक सञ्जालमा विभिन्न आरोप लगाउँदै मानहानी हुने काम गरेको हुँदा गीतकारविरुद्ध कडा भन्दा कडा कारवाहीको माग गरेका छन् । संगीतकार संघ, गीतकार संघ नेपाल, नेपाल सांगीतिक संघ, आदिबासी जनजाति स्रष्टा कलाकार संघ, रोयल्टी संकलन समाजद्वारा संयुक्त रुपमा हस्ताक्षर गरिएको विज्ञप्ति जारी गर्दै खड्कामाथि लगाइएको आरोपको खण्डन गर्दै पीडक गीतकार तामाङमाथि कडा कारवाहीको माग गरिएको छ ।

mahesh khadka

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु