मलेसियाको केलाङमा दीपावली साँझ हुने

म्यूजिक खबर
प्रकाशित: २० आश्विन २०७२, बुधबार

मलेसिया । आगामी नोभेम्बर १० मा मलेसियाको केलाङमा दीपावली साँझ–२०१५ हुने भएको छ । फ्रेण्डसीप धमाका ग्रुपले आयोजना गरेको यस दीपावली साँझमा नेपालबाट गायिका सम्झना लामिछाने, गायक हिमाल सागर, नायिका सुषमा कार्की, जादुगर महादेव त्रिपाठीका साथमा मलेसियामा रहेका कलाकारहरुको प्रस्तुति रहने भएको छ । मलेसियामा नै रहँदै आएका नायक दिनेश थापा, गायक जनक रुचाल, अमर राईका साथमा राजु श्रेष्ठ, सुमित तामाङ, विशाल नेगी, जानुका लामा, जसमा लिङ्देन, श्वेता श्रेष्ठ लगायतले नृत्य प्रस्तुत गर्ने भएका छन् । कार्यक्रमको संचालन भने यमुना राना र सञ्जय निरौलाले गर्ने भएका छन् ।

dipawali sanjh
दीपावली साँझका अवसरमा टिकट खरिद गर्नेहरुलाई भाग्यशाली उपहार प्रदान गरिने आयोजकमध्येका एक जयराम तिमिल्सिनाले बताए । उपहारमा एलइडी टीभी, डिभिडी प्लेयर र घडी राखिएको तिमिल्सिनाले जानकारी दिए । विगत लामो समयदेखि मलेसियामा सांगीतिक कार्यक्रमहरु गर्दै आएका कृष्ण पुलामीका अनुसार दीपावली साँझमा मलेसियामै छरिएर रहेका कलाकारहरुलाई विशेष प्राथमिकता दिइएको र ख्याति कमाएका कलाकारहरुको पनि उपस्थिति हुने हुँदा कार्यक्रमले सफलता हासिले गर्ने भएको छ । सांगीतिक कार्यक्रमहरु गर्दा नेपालीहरुबीचको सद्भाव, स्वदेशी संस्कृतिप्रतिको झुकाव झल्किने पुलामीले बताए । कार्यक्रमको मुख्य प्रायोजक भने जया मार्केट रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु