मलेसियामा कलाकारहरु संगठित

म्यूजिक खबर
प्रकाशित: २६ चैत्र २०७१, बिहीबार

हेमराज पण्डित, मलेसिया । वैदेशिक रोजगारका क्रममा मलेसियामा पुगेका नेपाली कलाकारहरु संगठित भएका छन् । मलेसियाका राजधानी क्वालम्पुरमा अप्रिल ५ तारिखका दिन भएको भेलाले नारायण पौडेलको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गर्दै प्रवासी नेपाली कलाकार संघ गठन गरेको छ ।
संघको उपाध्यक्षमा कविन्द्र राई, अमर राई, रमेश राई खोटाङ्गे, ओम पूर्जा मगर, कुमार बलामी रहेका छन् । त्यस्तै महासचिवमा साइमन थापा, सचिवमा मनिपाल राई, नवराज भट्टराई रहेका छन् भने कोषाध्यक्षमा प्रिया लामा, सहकोषाध्यक्षमा रमेश बानियाँ रहेका छन् । सदस्यहरुमा क्रमशः दुर्गा सनम, शिव जैसी, धनिराम राई, दीपक लामा, नवराज चौहान, सोलुम्बु लिम्बू, रित मगर, शंखलाल स्याङ्तान, भविश राई, डिल्ली बहादुर बस्नेत, चन्द्र बकश थुलुङ रहेका छन् ।
मलेसियामा छरिएर रहेका कलाकारहरुको हक, हित र अधिकारका लागि एकजुट भएर नेपाली कला संस्कृतिको विकास गर्ने उद्देश्यले यो संघको स्थापना गरेको सचिव मनिपाल राईले बताए । राइका अनुसार नेपाली कलासंस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्न यो संघले महत्वपूर्ण भूमिका खेल्नेछ । त्यस्तै प्रवासी नेपाली कलाकार संघको गठनपश्चात् अब आउने हरिराय पर्वमा नेपालका चर्चित कलाकारहरुको साथमा पहिलो कार्यक्रम गर्ने निर्णय भएको राईले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु