मलेसियामा किन रोइन् सुषमा कार्की ?

म्यूजिक खबर
प्रकाशित: २८ फाल्गुन २०७३, शनिबार

फागुन २८, काठमाण्डौं । अभिनेत्री सुषमा कार्की मलेसिया पुगेर किन रोइन् ? उनको भडियो र तस्विर बाहिरिएको छ । पछिल्लो समय चलचित्र उद्योगमा कमै देखिने सुषमा मलेसियातिरको उडान भर्ने गरेकी छन् । मलेसियातिर उडान भर्दै गर्दा धोका पाएपछि उनी रुन पुगेकी हुन् । उनले धोका भने मलेसियामा रहेका पासाङ तामाङसँगको प्रेममा धोका खाएको बुझिएको छ । अब नेपालमा पनि उनी धेरैसँग धोका खाएको हल्ला चलेकै हो तर यतिबेला मलेसियामै रहँदै आएका तामाङसँग धोका खाएपछि विकल्पमा रुनुबाहेक अरु केही नभएको बुझिएको छ ।

pasang tamamng
नेपालकी ग्ल्यामर नायिकाको रुपमा परिचय बनाएकी सुषमा कार्की र मलेसियामै कार्यरत रहेका पासाङ तामाङको अभिनय रहेको म्यूजिक भिडियो मैले हार्दा के भो प्रिय गीतको म्यूजिक भिडियो यतिबेला सार्वजनिक भएको छ । गीतकार पासाङ तामाङको एकल रचना रहेको एल्बम तिम्रो यादमाभित्र रहेको पहिलो नम्बरको गीत मैले हार्दा के भो प्रियलाई मनिपाल राईले संगीत भरेका हुन् । अन्जु पन्तको स्वर रहेको उक्त गीतमा हट नायिका सुषमासँग गीतकार पासाङ, गीता राई, विनिता तामाङको अभिनय रहेको छ । सुन्दर लावतीको निर्देशन रहेको उक्त म्यूजिक भिडियोमा जीवन सेन्चुरीले छायाँकन गरेका हुन् भने अर्जुन पोखरेलले सम्पादन गरेका हुन् । शुभकामना मिडिया सोलुसनबाट बजारमा आएको यस गीत यतिबेला म्यूजिक नेपालबाट यूट्यूबमा सार्वजनिक भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु