मलेसियामा पिरतीको नाउँ लोकपर्ण

म्यूजिक खबर
प्रकाशित: २४ माघ २०७०, शुक्रबार

क्वालम्पुर, २४ माघ । प्रतिभाहरुलाई कसैले पनि रोक्न र छेक्न सक्दैन । यहि मेसोमा परेका छन् मलेसियामा श्रम गरिरहेको श्रमिक विनोद वस्नेत र शिवु घर्ती मगर । लोक क्षेत्रमा लागि परिरेहका यी दुई युवाले मलेसियामा दैनिक रोजगारी गर्दा गर्दै लोकदोहोरी गीतको एल्बम निकाल्न सफल भएका छन ।
उनीहरुले आफ्नो दोहोरी गीतको यसै साता विमोचन पनि गराएका छन् । मुहारमा भएको रिमिक्स धमाका ७ को सागितिक कार्यक्रमका वीच नेपालका लोक दोहोरी गायक शिव हमाले उनीहरुले सृजना गरेको “पिरितीको नाउँमा” गिती एल्वम सयौं नेपालीहरुको विचमा विमोचन गरेका छन । विमोचन कार्यक्रममा वोल्दै लोक दोहोरी गायक शिव हमालले विदेशमा रहेर पनि गीत संगितमा लागेका साथीहरुको योगदानको निकै चर्चा गर्दै नेपालवाट आफुले सक्दो सहयोग गर्ने वताए ।
विनोद वस्नेतको शब्द रचनामा रहेको उक्त गीतमा पुस्कल शर्मा र टिका पुनको स्वर रहेको छ भने त्रिआत्मा म्युजिक कम्पनीले उक्त एलवमलाई बजारमा ल्याएको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु