महोत्सवको समापनसँगै गोर्खा तारा भए मनराज

म्यूजिक खबर
प्रकाशित: १६ पुष २०७३, शनिबार

पौष १६, गोर्खा । नवौं गोर्खा महोत्सव विविध कार्यक्रमको आयोजना गरी आज समापन भएको छ । पौष ८ गतेदेखि सुरु भएको गोर्खा महोत्सवको समापनसँगै मनराज गुरुङ गोर्खा तारा घोषित भए । दोस्रो गोर्खा तारामा सहभागी प्रतिस्पर्धीलाई पछाडि पार्दै मनराज गोर्खा तारा हुन सफल भएका हुन् । गायक विरही कार्कीको संयोजकत्वमा भएको निर्णायक मण्डलले मनराज गुरुङलाई गोर्खा तारा बनाएको हो । गोर्खा ताराको फस्ट रनरअपमा इन्द्रबहादुर गुरुङ, सेकेण्ड रनरअपमा निशा खानखवास, तेस्रो रनरअपमा पूजा सुनार र चौथोमा नील घले घोषित भए । birahi
महोत्सवको अवसरमा दोहोरी गीत प्रतियोगितामा समेत आयोजना गरिएको थियो । दोहोरीगीत प्रतियोगिताको निर्णायकमा गीतकार रमेश बिजी, गायक रामचन्द्र अर्याल, काजीबाबु अर्याल रहेका थिए भने स्याङ्जाको टोली प्रथम हुन सफल भएको थियो ।

8th-gorkha-festival
विविध सांस्कृतिक कार्यक्रमसहित भएको गोर्खा महोत्सवमा शिव परियार,  विरही कार्की, गणेश गुरुङ, मनोज गजुरेल, बल्छी ध्रुवे, राज राजेन्द्र, सुनिला गुरुङ, कृष्ण गुरुङ, सञ्जय गुरुङ, राधिका हमाल, मुना थापा, दिपसागर थापा, दिनेश थापा लगायतका कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु