महोत्सवमा ठेकेदारले नबोलाएपछि पशुपति र रमेशको चर्तिकला

म्यूजिक खबर
प्रकाशित: २२ पुष २०७३, शुक्रबार

पौष २२, काठमाण्डौ । लोकदोहोरी क्षेत्रका चर्चित गायक हुन् पशुपति शर्मा । उनको पछिल्लो समय आधि समय आकाशमा नै बित्ने गरेको छ अर्थात् उनी स्वदेशमा भन्दा पनि विदेशमा बढी सांस्कृतिक कार्यक्रममा भाग लिँदै आएका छन् । पछिल्लो समय तिजलाई रत्यौली बनायो भनेर उनलाई आरोप लगाए पनि सबैभन्दा बढी उनकै गीतले चर्चा पाउने गर्छ । तिज आयो भने उनी कसको गीत बनाउने भनेर भ्याइ नभ्याइको स्थिति हुन्छ । त्यस्तै गायक तथा संगीतकार रमेशराज भट्टराई पनि बबाल भो बबाल भने बोलको गीत पछि महोत्सवहरुमै व्यस्त बन्दै आइरहेका छन् । उनका संगीत जति चले पनि उनलाई बबाल भो बोलको गीतले नै चर्चामा ल्यायो त्यसपछि उनी गायकको परिचयमा सबैले चिन्ने भए, व्यस्त बने ।

ramesh-pashupati

तर यी दुई चर्चित गायकको यूटयूब फण्डा हेर्दा ठेकेदारले महोत्सवमा नबोलाएपछिको रिस हो वा पारिश्रमिक थोरै दिएको रिस हो । यूट्यूबमा दाम कमाउने योजना हो वा हामी अब छिट्टै कमेडी कलाकारको भाग पनि खोस्दैछौं भनेका हुन् ? बुझ्नै गाह्रो भो बा । आज फेसबुकमा कमेडी फण्डा हाल्दै घाम ताप्ने बहनालाई गीतसंगीतसँग जोडेर व्यंग्यात्मक शैलीको प्रस्तुति दिएका छन् । सधैं महोत्सवमा हराएका यी दुई गायकको बसाई पनि एकै घरमा हो, यी मिलेर बेला बेलामा फरकपनको गीत पनि ल्याउने गर्छन् । फण्डा गरिरहन मन लाग्ने यिनीहरुले अब महोत्सवमा कमेडी कलाकार बोलाउनु पर्दैन है भन्नका लागि यो भिडियो अपलोड गरेका पो हुन् की ? यिनीहरुको चर्चिकला तपाई आफैं बुझ्नुस् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु