माइतीको आँगनमा पाण्डेको तीज (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ४ भाद्र २०७३, शनिबार

काठमाडौं । हिन्दु नारीहरुको महान पर्व तीज संघारमै आईपुगेको छ । अझ रेडियो, टेलिभिजन तथा एफएमका सांगीतिक कार्यक्रमहरु त झन् तीजमय बनिरहेका छन् । ०७३ को तीजको अवसर पारेर सयौं तीजका गीत सांगीतिक बजारमा आए पनि । तीजका गीतहरुको भीडमा गायिका शितल पाण्डेको तीज गीत ” माईतिको आगनी ” पनि थपिएको छ । कानुनी व्यवसायी समेत रहेकी अधिवक्ता शितल पाण्डेको मौलिक लय रहेको रहेको छ भने नेत्र अर्यालको शव्द र संगीत रोहित सुबेदीले दिएका छन् ।

यहि शिलशिलामा सुमधुर स्वरकी धनि गायिका तथा कानुन व्यवसायी शितल पाण्डेले तीज गीत ‘माइतिको आँगनी’ मखमली चोलीमा कस्ती होला भोली म सार्नजनिक गरेको छन् । नेत्र अर्यालको शब्द रहेको उक्त गीतलाई रोहित सुवेदीले संगीत भरेका छन् ।

उत्ताउला शब्दहरुको समिश्रण विना पनि गीतलाई राम्रो बनाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेको छ शिलत पाण्डेको तीजको गीत माइतिको आँगन । उक्त गीतको म्युजिक भिडियो पनि कुनै तडक भडक र उत्ताउलो देखिदैन सभ्य र सलिन तरिकाले बनाएको म्युजिक भिडियो यतिबेला युट्युबमा निकै रुचाइएको छ ।

shittal pandey
शितल पाण्डे कानून ब्यवसायको क्षेत्रमा सक्रिय रहेकी युवा कानून ब्यवसायी हुन । उनी अदालतमा मुद्दाका पक्षमा कानूनका ब्यवस्था र प्रमाणको संयोजन मिलाउदै वहस मात्र गर्ने होइन संचारमाध्यम, मोवाइल, र विभिन्न गीत संगीत घन्काउने माध्यममा पनि सुरीला भाकामार्फत मनोरन्जन प्रदान गरि रहेकी हुन्छिन । ढुङ्गाको होइन तिम्लाई जिउदो देउता माने विश्वासले आकाश चुम्यो सर्वस्व नै ठाने नामक गजल गीत मार्फत सांगितिक क्षेत्रमा प्रवेस गरेकी शितल अहिले बजारमा माइतिको आँगनीबाट चर्चा बटुलीरहेकी छन ।

सुमधुर स्वरमा सजिएको उक्त गीतमा मौलिक शब्द प्रयोग गरिएको छ । जसका कारण कला र संस्कृतीको जगेर्नामा पाण्डे अग्रसर भएको देखिन्छ । चर्चा कमाउनकै लागि तीजका गीतहरुमा उत्ताउला शब्दहरु प्रयोग भैरहेको पछिल्लो अवस्थामा शितलको यो गीतमा समावेश भएका टिपिकल र मौलिक शब्दहरुले उदाहरणीय बनाएको सहजै अनुमान लगाउन सकिन्छ ।

म्युजिक भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु