माघमा ११ मा मिस नर्स नेपाल हुदै

म्यूजिक खबर
प्रकाशित: ७ पुष २०७०, आईतवार

काठमाडौं, ७ पुस । नेक्स्ट मोडल नेपालको आयोजना र स्वास्थ्य खबरपत्रिकाको सहकार्यमा हुन लागेको मिस नर्स नेपाल २०७० को अडिसन काठमाण्डौंमा सम्पन्न भएको छ । आगामी माघ ११ गते काठमाण्डौंमा हुने अन्तिम प्रतिस्पर्धाका लागि पहलो चरणमा काठमाण्डौमा अडिसन लिइएको हो । अडिसनको पहिलो चरणमा ३५ जना सुन्दरी नर्सहरुले भाग लिएको आयोजक नेष्ट मोडल नेपालका प्रमुख रवि धमलाले बताए । देशभरबाट छनौट भएका ३० जना नर्सहरु बिच अन्तिम राउण्डमा प्रतिस्पर्धा हुने छ ।
नर्सहरुलाई पेशाप्रति थप जिम्मेवार, समाजप्रति उत्तरदायी र उत्प्रेरित बनाउन मिस नर्स नेपालको आयोजना भएको स्वास्थ्य खबरपत्रिकाका बजार निर्देशक बुद्धि कटेलले बताए । प्रतियोगितामा देशभरका ८० भन्दा बढी नर्सिङ कलेजका विद्यार्थी तथा १ सयभन्दा बढी अस्पतालमा कार्यरत नर्स सहभागी हुने अपेक्षा आयोजकको छ ।
देशका प्रमुख शहरमा गरिने अडिसनबाट छनौट भएका ३० उत्कृष्ट प्रतियोगीबीच अन्तिम प्रतिष्पर्धा गराएर मुख्य उपाधिसहित १२ विभिन्न विधामा पुरस्कृत गरिनेछ । प्रतियोगितामा टाईटल उपाधिसहित, मिस ब्यूटिफुल, बेस्ट स्माईल, मोष्ट डिसिप्लेन, बेष्ट हेयर, बेस्ट स्कीन, बेष्ट पर्सनालिटी, मोष्ट चार्मिङ, मिस फोटोजेनिक, मोष्ट ट्यालेन्ट, बेष्ट ड्स, मिस क्याटवाक र मोष्ट पपुलर विधामा सहभागीलाई पुरस्कृत गरिने छ ।
प्रतियोगिताको उपाधि विजेताले ५० हजार नगदसहित नेपाल र अष्ट्रेलियामा अध्ययन छात्रवृत्ति पाउनेछन् भने उत्कृष्ट १० मा पर्नेलाई रोजगारीको ब्यवस्था मिलाइनेछ । अडिसन उपत्यका बाहिरका प्रमुख शहरमासमेत हुने आयोजकले बताएका छन् । प्रतियोगितामा सहभागी हुन कुनै पनि नर्सिङ अध्ययनरत वा सेवा गरीरहेको, २४ वर्ष उमेर ननाघेको र उचाई कम्तीमा ५ फिट हुनुपर्ने छ ।

miss nurse1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु