माघ महिनामा उपयुक्त गन्तव्य रमणिय चन्द्रागिरी हिल्स

म्यूजिक खबर
प्रकाशित: २८ पुष २०७३, बिहीबार

निः शुल्क सांस्कृतिक कन्सर्ट समेत हुने

पौष २८, काठमाण्डौ । हिन्दुहरुले मनाउने ठुला पर्वहरुमध्ये स्वस्थानी ब्रत पनि एक हो । यो सालको स्वस्थानी ब्रत आरम्भ पौष २८ बिहीबारबाट भइसकेको छ । एक महिनासम्म मनाइने यस पर्वमा विभिन्न मठ मन्दिर तथा देवी पिठहरुको दर्शन गर्ने तथा घुमफिर गर्ने चलन नेपालीहरुमा बढ्दो छ । यस्तै यहि समयमा नै अधिकांश स्कुल तथा क्याम्पसहरुमा पनि जाडो विदा (हिउँदे बिदा) दिने गरिएको छ । यस अवसरमा उपत्यकामै बस्नेहरुका लागि पायक पर्ने सस्तो र रमणीय गन्तव्य मध्येको एक हो चन्द्रागिरी हिल्स । यो समयमा चन्द्रागिरीलाई गन्तव्य बनाउँदा तेब्बर फाइदा हुने देखिन्छ एक स्वस्थानी कथा अनुसार शतिदेवीको निधार पतन भएर उत्पन्न भएका भालेश्वर महादेवको दर्शन हुने अर्को, जाडोमा कठ्याङ्ग्रिएको शरिरलाई राप पनि दिने बच्चाहरुलाई फ्रेस पनि बनाउन सकिने र अर्को फाइदा रहेको छ उक्त ठाउँमा गएर सांस्कृतिक कार्यक्रममा सहभागी भएर भरपुर मनोरञ्ज लिन पाइने ।dinesh-dc-chandaragiri-hillsचन्द्रागिरी हिल्समा दिपक बज्राचार्यको कन्सर्ट निशुल्क हिन्दुहरुको चाड माघे संक्रान्तीको अवसरमा पनि माघ १ गते युवाहरुमाझ पछिल्लो समय भिजिटको केन्द्रविन्दु बनेको चन्द्रागिरीमा ओ अमिरा, मायाको डोरीले जस्ता गीतका चर्चित गायक दिपक बज्राचार्य एण्ड व्याण्डको लाइभ कन्सर्ट हुने भएको छ । चन्द्रागिरी हिल्सको आयोजना र द दिनेश डिसी प्रोडक्सनको व्यवस्थापनमा हुन लागेको उक्त कन्सर्टमा चर्चित गायक दिपक बज्राचार्य एण्ड व्याण्डको रुपमा चर्चित कमेडिएन एवं जादुगर महादेव त्रिपाठी, नृत्यबाट चर्चा कमाएको कार्टुन क्रुज आदिको प्रस्तुति रहनेछ । हिन्दुहरुको पर्व श्री स्वस्थानीमा शतिदेवीको निधार पतन भएर उत्पन्न भएका भालेश्वर महादेव दर्शन गर्न जाने दर्शनार्थीहरुको पनि सो कार्यक्रममा सहभागी हुने कार्यक्रम उद्घोषक समेत रहेका प्रोडक्सनका अध्यक्ष आजाजका दुनियाँका साथी दिनेश डिसीले बताए ।

केबुलकारको यात्रा, भालेश्वर महादेवको दर्शन, हिमाली श्रृंखलाको मनमोहक दृश्यका साथै शान्त पहाडको अवलोकन, बालबालिकाका लागि निशुल्क विभिन्न खेलहरु, उमेरअनुसारको रमाइलो गर्ने सुविधा उपलब्ध छ । व्यवस्था आदि चन्द्रागिरी हिल्सका आकर्षक हुन् । यस पछि हरेक महिना ठूला, हरेक हप्ता आकर्षक कार्यक्रम आयोजना गर्ने र शिवरात्रीमा पनि विशेष कार्यक्रम आयोजना गन गर्ने तयारी रहेको आयोजकले बताएका छन् ।chandragiri-hills

अहिले चन्द्रगिरि पहाडको टाकुरामा पुग्न सजिलो छ । थानकोटबाट १४ मिनेटमै केवलकार चढेर डाँडाको टुप्पोमा पुग्न सकिन्छ । चन्द्रागिरी डाँडामा बसेर अनेक दृश्य हेर्दै अनेक मौसमको अनुभव लिन सकिन्छ । चन्द्रागिरी डाँडा विदा मनाउन, कामको तनाव कम गर्न, रमाइलो गर्न, फरक परिवेशमा रिफ्रेस महशुस गर्न पनि मानिसहरु चन्द्रागिरी पुग्न थालेका छन् । चन्द्रागिरी डाँडामा पुगेपछि त्यहाको प्राकृतिक सुन्दरताबाट मोहित नहुने सायदै कोही मान्छे हुन्छ । काठमाडौंको कोलाहलबाट निस्किएर छोटो समयमै परिवारका साथ रमाउन चन्द्रागिरी उपयुक्त गन्तव्य मानिन्छ । उक्त ऐतिहासिक ठाउँमा पुग्ने जो कोहिले भन्नसक्छन्, ‘ठाउ धेरै राम्रो छ । फेरि आउने धोको छ । यहाँ आएपछि मन शान्त भयो । अर्कै दूनियाँमा आए झै भयो । स्वर्ग नै जस्तो ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु