माघ २६ देखि फागुन २७ सम्म बबाल हुने

म्यूजिक खबर
प्रकाशित: २५ माघ २०७२, सोमबार

आजभोलिका कलाकारहरुलाई हे¥यो भने लाग्छ कहिँ न कहिँ बबाल गर्छन् नै । कहिले गीत गाएर बबाल गर्लान् त कहिले हुटिङ पाएर । बाक्लो दर्शकको भीडमा गएर लान्छु र ल्याउँछु भनेर बबाल गर्नेहरु पनि छन् । दर्शकहरुलाई पनि लाग्छ यो कलाकारसँग बबाल गर्न पाए के के नै भइएला । अब पछिल्लो समय बबाल गर्दै हिंडेका संगीतकारबाट आफ्नो परिचयलाई गायकको रुपमा स्थापित गरेका गायक हुन् रमेशराज भट्टराई । उनको पछिल्लो महोत्सवको तालिका हेर्दा लाग्छ माघ २६ देखि फागुन २७ सम्म बबाल नै बबाल हुने देखिन्छ । पछिल्लो समय एकपछि अर्को गर्दै स्टेजका लागि मात्र गीत तयार गर्ने गरेका गायक भट्टराई आजभोलि विहान काठमाडौं भए भने दिउँसो चितवन हुँदै बेलुका नेपालगन्जसम्मका कार्यक्रम भ्याउने गर्छन् ।

rameshraj
गायक भट्टराईले संगीत गरेको उसले जति माया मलाई जसरी चर्चामा आयो त्यसपछि उनको संगीतले राम्रो स्थान पायो । यो गीतबाट गायक प्रमोद खरेलले पनि उत्तिकै चर्चा पाए भने निर्देशक शिव विकले पनि अवार्ड चुम्नसमेत भ्याए । तर संगीतकार भट्टराई संगीतकारका रुपमा मात्र रहे तर उनी भने जहाँको तहीँ रहे । भट्टराईले त्यसपछि आफ्नो सांगीतिक यात्राको बाटो मोडे । अन्ततः बबाल भो बबाल भो गीत गाएर उनको गायकीले चर्चा पायो । बबाल भो पछि उनको लगातार बजारमा आएका गीत स्टेजका लागि राम्रो बन्यो । बबाल भो, टेन्सन भयो यार, जब साँझ पर्छ जस्ता गीतहरुले विहानदेखि बेलुकासम्म विभिन्न कार्यक्रम एवं महोत्सवहरुमा बज्न सफल भए भने उनलाई पनि ती गीतहरुले व्यस्त बनाउन थाल्यो ।

माघ २६– २७ नवलपुर महोत्सव
माघ २८ – फागुन ३ सम्म चितवन सौराह
फागुन ४– ५ नवलपरासी
फागुन ७ अत्तरिया महोत्सव
फागुन ९ – १० सुनवल महोत्सव
फागुन १३ लमजुङ महोत्सव
फागुन १५ बाग्लुङ बुर्तिवाङ विविध सांस्कृतिक कार्यक्रम
फागुन १८ गुल्मी
फागुन २२ पाल्पा
फागुन २४ अर्घाखाँची
फागुन २७ – २८ कन्चनपुर

rameshraj bhattarai

यतिबेला उनको महोत्सवको कार्यक्रम तालिका हेर्दा माघ २६ र २७ नवलपुर महोत्सवबाट सुरु हुन्छ भने फागुन २७ र २८ कन्चनपुर महोत्सवमा पुगेर टुंगिन्छ । उनको यो व्यस्तताले जब साँझ पर्छ सम्झाउने गर्छ, दिउँसो हुन्छ बबाल हुन्छ जहाँ गए नि उनकै गीतले झस्काउँछ आजभोलि स्रोताहरुलाई ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु