माधव र सन्तोषको आत्मीयता

म्यूजिक खबर
प्रकाशित: ११ जेष्ठ २०७१, आईतवार

काठमाडौं, ११ जेठ ।गीतकार माधव निर्दोष र संगीतकार सन्तोष श्रेष्ठको संयुक्त प्रस्तुतीका रुपमा एल्वम आत्मीयताको सार्वजनिक गरिएको छ । राजधानीमा शनिवार भएको एक कार्यक्रमका वीच पुर्वमन्त्री एवं गीतकार एस पी कोइरालाको प्रमुख आथित्यमा आत्मीयताको सार्वजनिक गरिएको थियो ।
चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा सम्पन्न भएको क्यापिटल इभेन्टको दोश्रो कार्यक्रमको अवसरमा आत्मीयताको सार्वजनिक गरिएको हो ।
क्यापिटल इभेन्टको दोश्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको विविध सांस्कृतिक कार्यक्रम २०७१ मा गायिका कुन्ती मोक्तान, कोमल वली, विन्दु परियार  लगायतका कलाकारहरुले गायन, नृत्य एवं क्यारिकेचर प्रस्तुत गरेर दर्शकहरुलाई मनोरञ्जन गरेका थिए । सोही अवसरमा गीत, संगीत, साहित्य, आर्थिक, पत्रकारीता, कृषिक्षेत्रमा विशेष योगदान पु¥याएका करिब एक दर्जन व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
4 3 2 1 8 6 5

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु