मायाको रङ खोज्दै पुस २८ बटरफ्लाई

म्यूजिक खबर
प्रकाशित: १८ भाद्र २०७४, आईतवार

१८ भाद्र २०७४, काठमाडौं । द फ्रेम क्रियशन प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘बटरफ्लाई’ (मायाका रङहरु) ले आगामी पुस २८ लाई आफ्नो रिलिज डेटको घोषणा गरेको छ । प्रियंका कार्की, अर्पण थापा र आर्यन अधिकारीको मुख्य भूमिका रहेको चलचित्र चलचित्र बटरफ्लाईमा ओम प्रतीक गुरुङको लेखन तथा निर्देशन रहेको भएको छ । यतिखेर डविङको कार्यमा व्यस्त रहेको बटरफ्लाईले पुस २८ लाई आफ्नो रिलिजको डेट तय गरेको हो ।


रमेश प्रजापति कार्यकारी निर्माता रहने यस चलचित्रमा पुष्पाञ्जली अधिकारी (सखा) निर्माता र रामशरण राणा, भुपेन्द्र सुवेदी, सरोज शाह सहनिर्माता रहेका छन् । कन्ट्रि निर्माताका रुपमा ध्रुवराज रहेका छन् भने सुरेश बज्राचार्यको छायाँकन रहने भएको छ । कविराज गहतराजले चलचित्र बटरफ्लाईको कोरियोग्राफ गरेका छन् । चलचित्रमा कुमार महर्जनको द्वन्द्व रहेको छ । विकास चौधरी, दिपक शर्माको संगीत रहेको चलचित्र बटरफ्लाईको गीत शान्तिप्रिय, ओम प्रतिक गुरुङ, प्रमोद ढुंगाना, सरोज लामिछानेको गीत रहेको छ । चलचित्रमा युवराज चौलागाईं, राजेशपायल राई, माण्डवी त्रिपाठी, विश्व नेपाली र कोशिष क्षेत्रको स्वर रहेको छ । चलचित्रको अहिलेसम्म फस्ट लुक छिट्टै नै सार्वजनिक हुने निर्माण पक्षले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु