मायामा पागल हुँदैछन् धिरेन र अनिशा

म्यूजिक खबर
प्रकाशित: १० आश्विन २०७२, आईतवार

काठमाडौं । यहाँ मायामा पागल हुनेहरु धेरै छन् । पछिल्लो समयमा युवापुस्तामा मायाप्रेमबीचको सम्बन्ध विछोडमा परिवर्तन हुने क्रम बढ्दै गएको छ भने एकअर्काबीचको मायाको भाव नबुझ्दा सम्बन्धमा दरार आउने गरेको छ । हत्या र आत्महत्याका कुराहरु पनि मायाप्रेमका कारण धेरै हुने गरेका छन् । चलचित्रका अभिनेता धिरेन र अनिशा बस्नेतबीचको सम्बन्धमा आएको दरारले यतिबेला बजार तातेको छ ।
चलचित्रको पर्दामा जसरी आफूलाई सफल अभिनेताका रुपमा चिनाइसकेका धिरेन श्रेष्ठ र मोडलिङको दुनियाँमा रमाउँदै गरेकी अनिशाको बीचमा भएको माया अन्ततः पारिवारिक वैमनश्यतामा परिणत भएको छ ।

gayatri 2
गीतकार गायत्री थापाको शब्दमा रहेको तिम्रो मायाले पागल बोलको गीतको म्यूजिक भिडियोमा धिरेन र अनिशाको भूमिकामा रहेको छ । सन्तोष श्रेष्ठको संगीत र सञ्जीवनीको स्वर रहेको तिम्रो मायाले पागलको म्यूजिक भिडियोमा जीवन सेन्चुरीको निर्देशन रहेको छ भने सेन्चुरीकै सम्पादन रहेने भएको छ । रामेश्वर हुमागाईंको छायाँकन रहेको यस म्यूजिक भिडियोमा धिरेन, अनिशाको साथमा गायत्री थापा र सिद्धान्त अर्यालको पनि अभिनय रहेको छ । शिवदर्शन फिल्म्सको प्रस्तुतिमा बजारमा आएको यो गीतको म्यूजिक भिडियोलाई सानो भ¥याङ वरिपरि छायाँकन गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु