मायालुको शहरमा पूर्णकला

म्यूजिक खबर
प्रकाशित: ११ असार २०७४, आईतवार

असार ११, मलेसिया । गायिका पूर्णकला यतिबेला मायालुको शहरमा भौंतारिँदै हिंडेकी छन् । मलेसियाको पेनाङ राज्यमा गायिका पूर्णकला मायालुको शहर हो भन्दै दिल चोर्ने पुलिसवालासँग होस हराएको कुरा गरिरहेकी छन् । रमाइलो जमघटमा मलेसियाको पेनाङ राज्यमा पुगेकी गायिका पूर्णकला बिसीलाई सांगीतिक प्रस्तुतिसँगै गीतका भावहरुले दर्शकसामु उपस्थित गराएको थियो । दिल मेरो चोरी लग्यो पुलिसवालाले, मेरो होसै हरायो, मायालुको शहरमाजस्ता चर्चित गीतहरु प्रस्तुत गर्दा दर्शकदीर्घाबाट वान्समोर मिलेको थियो ।

purnakala bc
फूलबारी युवा क्लबको तेस्रो प्रस्तुतिको रुपमा आयोजना गरिएको रमाइलो जमघट २०१७ सांगीतिक कार्यक्रममा गायक प्रशान्त तामाङ, गायिका पूर्णकला बिसी, हाँस्यकलाकार बुद्धि तामाङ, नायिका सृष्टि खड्का लगायत नेपालबाट मलेसिया आइपुगेका हुन् ।

amar rai
त्यसैगरी मलेसियामै रहेका कलाकारहरु गायक अमर राई, मोडल तथा गायिका प्रनिता तामाङ, गायक कृष्ण भीर, संचारकर्मी तथा गायक यामराज विष्ट, लोकगायक भुवन वली, श्याम बुढा क्षेत्री, सुमन सञ्जिव, खड्क सिंहलगायतको प्रस्तुति रहेको थियो ।

त्यस्तै राज विसी, विशाल खड्का, ढकमनी लम्सन, कोपिला नेपाल, विना तामाङ, सागर घर्ती मगर, अर्जुन शाही, रमेश आशिष लगायतका कलाकारहरुको पनि नृत्य प्रस्तुति रहेको थियो ।

हरिरायको विदाको अवसर पारेर आयोजना गरिएको कार्यक्रमको पहिलो दिन आज पेनाङमा सम्पन्न भएको छ भने अब पोर्ट केलाङ र मलक्कामा हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु