“मिनी वर्ल्ड टुर”का क्रममा राई लण्डनमा

म्यूजिक खबर
प्रकाशित: ६ फाल्गुन २०७२, बिहीबार

लन्डन , ६ फागुन । चर्चित गायक राजेश पायल राई आजकल सांगीतिक कार्यक्रमका लागि विदेशमै व्यस्त छन् । । “मिनी वर्ल्ड टुर” नामक सांगितिक यात्रा लिएर एकपछि अर्को देशको यात्रामा हिंडेका गायक राजेश पायल राईले मलेशियामा धमाकेदार प्रस्तुति दिएर सोझै साइप्रस पुगेका थिए । त्यसपछि “राजेश पायल राई युके टुर” नाम दिइएको कार्यक्रममा नेपाली संगीत क्षेत्रमा आधुनिक तथा पार्श्व गायनमा चर्चित गायक राजेशपायल राईको विशेष प्रस्तुति दिनका लागि लण्डन पुगेका हुन् । देशविदेशका कन्सर्टहरुमा अत्यधिक व्यस्त बनेका राजेश पायल राई यसअघि सन् २०१२ मा बेलायत आएका थिए । साइप्रसबासीको अपार मायाका साथ सांगीतिक कार्यक्रम सके लगत्तै लण्डन पुगको राईले आफ्ना लोकप्रिय गीतहरु मध्ये पछिल्लो समयमा लाखौं श्रोताहरुले रुचाएको नेपाली फ़िल्म “नाईं नभन्नु ल” को शीर्षक गीत “तिमी संगै जिउने मर्ने चाहना छ मेरो‘‘फेरि फेरि फेरि नाईं नभन्नु ल, सिरै फूल सिर्बन्दी , सर सर माया वर वर, दर्शन नमस्ते, भेटैमा भयो सोल्टिनी ज्यू, ” लगायतका लोकप्रिय गीतहरु पस्किने छन् ।
rai is king _uk
गायक राईले फेब्रुअरीको २१ तारिख फार्नबरोको ओकफार्म कम्युनिटी स्कुलको हलमा, फेब्रुअरी २७ तारिख आश्फोर्ड केन्टको दि नर्थ स्कुलको हल र मार्च ५ तारिखमा रेडिङ्ग को वाएरहाउस स्पोर्ट्स हलमा सांगीतिक प्रस्तुति गर्ने आयोजकहरुले जनाएका छन् । । आफ्नो मिनी वल्र्ड टुर को कार्यक्रममा मलेशिया र साइप्रस को धमाकेदार प्रस्तुति पछि लण्डन को चिसो मौसम लाई तताउन लण्डनमा पाइला राखेका राईलाई हिटथ्रु एयरपोर्टमा आयोजकद्वय बि.सी। राई र गंगाराज राईले न्यानो स्वागत गरे । राजेश पायल राई यूके टुर २०१६ नाम दिएको यस सांगीतिक टुरलाई सफल बनाउन कुनै कसर न रहेको र कार्यक्रम भव्य हुनेमा दुई राई ढुक्क रहेको बताए ।

rai is king 1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु