मिलनको ‘फरिया र चौबन्दी’ मा एलिसा र जुनाको छमछमी (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १६ जेष्ठ २०७४, मंगलवार


जेठ १६, काठमाडौं । चर्चित गायिका मिलन अमात्यले विश्व सुन्दरीको सफलतापछि अर्को नयाँ गीत फरिया र चौबन्दी सार्वजनिक गरेकी छिन् । मिलनले यस गीतलाई आफ्नै यु ट्युब च्यानल मार्फत सार्वजनिक गरेकी हुन् ।

उक्त गीतमा उत्तम जंग लिम्बुका शब्द अनि संगीत रहेको छ । मिलनले यस गीतलाई तेस्रो एल्बम ‘मिलन संजोग’मा समाबेस गरेकी छिन् । मिलनले यो गीतमार्फत जमाना जति परिवर्तन भएपनि आफ्नो संस्कृतिलाई नबिर्सिएको र बिर्सन नहुने सन्देश दिन खोजेकी बताउनु भयो ।

milan-Amatya

यस गीतको भिडियोमा नितिन चन्दको सम्पादन, छायांकन र निर्देशन रहेको छ भने जुना सुन्दास, विशाल सापकोटा र अर्जुन गौतमको मुख्य अभिनय रहेको छ । साथै यस गीतमा मोडल एलिसा राइ भने अतिथी भूमिकामा रहेकी छिन् ।

मिलनले म्युजिक भिडियोमै काम गर्नको लागि केही तौल घटाएको चर्चा पनि केही समय अघि मिडिया नआएको भने होइन । फलतस् यहि गीतको म्युजिक भिडियोको केही सिनमा मिलन पनि देखिएकी छिन् ।

पछिल्लो समय गायनमा व्यस्त मिलन देश तथा विदेशका कार्यक्रममा पनि उत्तिकै व्यस्त छिन् ।

भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु