मिलनलाई काउकुती लागेपछि मान्छेको ओइरो

म्यूजिक खबर
प्रकाशित: ९ कार्तिक २०७१, आईतवार

मलेसिया, ९ कार्तिक । पछिल्लो समयकी व्यस्त गायिका मिलन अमात्यलाई काउकुती लागेपछि उनको पछाडि मान्छेहरुको ताँती नै लाग्यो । स्टेजमा पुगेर काउकुतीले हो की भनेर के भन्न भ्याएकी थिइन् गायिका मिलनको पछाडि दर्शकदीर्घामा रहेका सबै उठेर पछि लाग्ने थाले ।
मलेसियामा भएको एक कार्यक्रममा गायिका मिलनले सुरुमा ए परदेशी.. बोलको गीत गाउँदा मन्त्रमुग्ध भएका दर्शकहरुलाई उनले एक्कासी गाला रातै गाला रातै भन्दै गीत गाइरहँदा सबै उठेर नाच्न सफल भए । अनिँदोले हो की, काउकुतीले हो की भन्दा स्टेजमा नायिका पूजना, निरु खड्का लगायत सबै नेपालीहरु नाच्न थालेपछि गायिका अमात्यलाई झन् उर्जा मिलेको थियो । उनले स्लोली स्लोली र गाला रातैमा दर्शकहरुलाई भरपूर मनोरञ्जन दिएकी थिइन् ।

DSC00308

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु