मिलन र भुवनको नयाँ वर्ष भेडेटारमा

म्यूजिक खबर
प्रकाशित: १० पुष २०७०, बुधबार

काठमाडैं, १० पुस । गायिका मिलन अमात्य र गायक भुवन सुप्तिहाङले आउँदै गरेको नयाँ वर्ष २०१४ लाई भेडेटारमा मनाउने भएका छन् । उनीहरुले भेडेटारमा नयाँ वर्षको अवसरमा हुन लागेको सांस्कृतिक कार्यक्रममा सहभागी भएर नयाँ वर्ष मनाउने भएका हुन् । उनीहरुका अलावा फेस्टिवलमा एपी शेर्पा, नवराम राई, आउटसाइडर्स ब्याण्ड लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति रहनेछ । पूर्वको चर्चित पर्यटकीय स्थल धनकुटाको भेडेटारमा हुन लागेको दोस्रो फुड फेस्टिवल यही पौस १६ र १७ गतेका दिन हुन लागेको हो । दुई दिनसम्म आयोजना हुने फेस्टिवलमा १० हजार आन्तरिक तथा वाह्य पर्यटकहरु सहभागी हुने अपेÔा गरिएको छ । फेस्टिवलमा १० लाख बरावरको आर्थिक कारोवार हुने बताईएको छ ।
होटल एशोसिएशन भेडेटारले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । भेडेटार होटल एशोसिएनको मुल आयोजनामा हुने सो फेस्टिवलको सह–आयोजक पाथिभरा यूवा क्लव र भेडेटार नागरिक समाज रहेका छन् । भेडेटार प्राकृतिकको गहना, पर्यटन भित्रयाउने चाहना भन्ने मूल नारा दिईएको फुड फेस्टिवलको लागि ८ लाख ३० हजार रुपैया बजेट छुटयाईएको एशोसिएशनका अध्यÔ विष्णुराज श्रेष्ठले बताए । फेस्टिवलमा १५ वटा स्टल रहनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु