‘मिष्टर टिन नेपाल २०१६’ हुँदै

म्यूजिक खबर
प्रकाशित: २७ असार २०७३, सोमबार

काठमाडौ । आयोजक रन वे नेपालले टिन एजर्स युवाहरुलाई लक्षित गरेर ‘मिष्टर टिन नेपाल २०१६’ आयोजना गर्ने भएको छ । टिन एजर्स युवाहरुको प्रतिभा निखार्ने उदेश्यले ‘मिष्टर टिन नेपाल २०१६’ आयोजना गर्न लागेको हो । टिन एजर्स युवाहरुको प्रतिभा निखार्दै उनीहरुलाई जुनै क्षेत्रमा पनि अगाडी बढ्न सक्ने दक्ष बनाउने प्रतियोगीताको उदेश्य रहेको छ । आयोजक रन वे नेपालले आइतबार एक विज्ञप्ती मार्फत ‘मिष्टर टिन नेपाल २०१६’का लागी आवेदन खुल्ला गरिएको जनाएको छ । यसै बर्षबाट सुरु भएको यो प्रतियोगितामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका टिन एजर्स युवाहरुले सहभागिता जनाउन सक्नेछन् ।

DSC_0833

देशका प्रमुख शहरमा गरिने अडिसनबाट छनौट भएका उत्कृष्ट ५० प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा अर्थात प्रशिक्षमा सहभागी गराइनेछ । प्रशिक्षणका क्रममा प्रतियोगिलाई ब्यक्तित्व बिकाश, रन वे मोडलिङ, सेल्फ ड्रेस अप, फोटो सुट, सेलिब्रेटी गेष्ट क्लास, पब्लीक स्पिकिङलगायतका बिषयमा दक्ष प्रशिक्षकद्धारा प्रशिक्षण दिइने रनवे नेपालकी अध्यक्ष चाँदनी लामिछानेले बताइन् । १६ देखि २० बर्ष उमेर र कम्तिमा ५ फिट उचाही सहभागिका लागी प्रावधान तोकिएको प्रतियोगितामा मुख्य उपाधि सहित १२ विभिन्न उप–विधामा पुरस्कृत गरिनेछ । आगामी भदौ दोस्रो साता अन्तिम स्पर्धा हुने प्रतियोगितामा सहभागिताका लागी कुपन्डोलमा रहेको रनवे नेपालको कार्यलय तथा इन्टरनेटबाट पनि सिधै आवेदन भर्न सक्ने आयोजकले जनाएको छ ।

DSC_0903

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु