मिस्टर एण्ड मिस एसइइ आइकन–२०१७ हुँदै

म्यूजिक खबर
प्रकाशित: १४ जेष्ठ २०७४, आईतवार

mr & miss see Icon

काठमाडौं । विद्यार्थी, युवायुवती, किशोर किशोरी, बिबाहित महिलादेखि बालबालिकासम्मका लागि सौन्दर्य तथा प्रतिभामूलक प्रतियोगिता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले आगामी असार १ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा मिस्टर एण्ड मिस एसइइ (एसएलसी) आइकन–२०१७ प्रतियोगिता गर्ने भएको छ ।

 

मिडिया हाउसका प्रवन्ध निर्देशक लबबहादुर कार्कीका अनुसार यसपाली एसइइ दिएका छात्र–छात्राहरुको वौद्धिक र व्यक्तित्व विकास तथा नैतिक क्षमता अभिवृद्धिका लागि ‘मिस्टर एण्ड मिस एसइइ आइकन–२०१७’ प्रतियोगिता आयोजना गर्न लागिएको हो । विद्यालयस्तरका बालकालिकाको अतिरिक्त क्रियाकलापमा जागरुकताका साथै बिदाको समयललाई सही सदुपयोग गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको कार्कीले बताए ।
काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने प्रतियोगितामा किशोरहरुतर्पm अर्यन दर्लामी मगर, लुजा बज्राचार्य, इचन गिरी, राजविक्रम गोदार, इसान तुलाधर, इरिस महर्जन, पासाङ्ग लामा, मनबिर राई, दिवाकर श्रेष्ठ, कुसाल तामाङ्ग, सुमन श्रेष्ठ, राजीव पण्डीत, स्वयम मानन्धर र समन मधीकर्मी तथा किशोरीहरुतर्पm पपुसा भण्डारी, सुस्मीता बुलुन, रक्षा रायमाझी, सीमा राई, सुस्मीता परियार, सन्धा ओस्ती, पालिस्था बज्राचार्य, मुस्कान चित्रकार, अनिशा श्रेष्ठ, इसा श्रेष्ठ, दिक्षा दाहाल, कृष्टीना कायस्थ, प्रशंषा श्रेष्ठ, सनिशा साही, युनिशा बुढाथोकी, नान्सी केसी, सुमीला महर्जन, रोशनी तामाङ्ग, बर्षा ढकाल, सोनाल प्रधान, प्राप्त श्रेष्ठ, संचीता श्रेष्ठ, सुष्मीता श्रेष्ठ, समीसा थापा, रजनी महर्जन, स्मृती खर्ती, अन्जली तामाङ्ग र परिस्थी श्रेष्ठ अन्तिम स्पर्धामा भिड्दैछन ।
प्रतियोगितामा सामेल प्रतियोगीतहरुलाई प्रतिभा र व्यक्तित्व विकास, कुशल बोलीचालीको अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि तालिम, रिस र समय व्यवस्थापन, बाल जनचेतना र अधिकार, स्टेज प्रस्तुति तथा मोडलिङ्गसम्बन्धि आधारभूत ज्ञान प्रदान गरिने आयोजक कार्कीले जानकारी गराए। शम्भुप्रसाद रेग्मीको संयोजन र अश्विनी झाको कोरियोग्राफी तथा कार्यक्रम सञ्चानलमा हुने प्रतियोगिताअन्र्तगत सोमबार लिभरपुल स्कुलमा प्रतियोगीहरुले ट्यालेण्ट शो प्रस्तुत गर्दैछन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु