‘मिस्टर एण्ड मिस एसइई-२०१७’ को उपाधि प्रन्सल र बन्सिकालाई

म्यूजिक खबर
प्रकाशित: ४ असार २०७४, आईतवार

काठमाडौं । गत साल राजधानीका विभिन्न स्कुलबाट एसइई दिएका किशोर किशोरीबिच रिवन इन्टरटेनमेन्टले आयोजना गरेको मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१७ तेस्रो संस्करणमा झापा घर भएका प्रन्सल मगर विष्टले उपाधि चुमेका छन् भने मिस एसइई २०१७ को उपाधि ललितपुरकी बन्सिका गौतमले जितेकी छिन् । प्रन्सल बेष्ट सिंगर तथा बन्सिका व्युटी विथ पर्पस र वेष्ट सिंगर पनि भएकी छिन्।

Pranshal Magar

हाल चावहिल बस्दै आएका प्रन्सलले इष्ट होराइजनबाट एसइई दिएका हुन् भने ललितपुर बालकुमारीकी स्थायी बासिन्दा बन्सिकाले सेन्ट मेरिजबाट एसइई दिएकी हुन् । प्रतियोगिताको किशोरतर्पm विवेक नगरकोटी भिवर्स च्वाईससहित फष्ट रनर्सअ र निमेष तामाङ वेष्ट डिसीप्लेनसहित सेकेण्ड रनर्सअप भए।

 

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा रोजन चेमजोङ मष्ट पपुलर र मिष्टर क्याटवक, सन्देश सुवेदी फेसबुक च्वाईस, मष्ट फोटोजेनिक र मिष्टर ह्याण्डसम, युनिष वर्देवा मष्ट ट्यालेण्ट, विशाल चौधरी वेष्ट पर्सनालिटी, आयुष घोरासैनी वेष्ट फिजीक, आर्यन प्रसाईं मष्ट फ्रेण्डली, सञ्जिव वाइवा तामाङ मष्ट चार्मिङ, रुपक श्रेष्ठ मष्ट एक्टिभ, रचितविक्रम भण्डारी युथ विथ रेस्पोन्सिबिलीटी, सम्राटप्रसाद शाह वेष्ट डान्स, अलिज श्रेष्ठ मष्ट डिर्जर्भिङ, अजित कार्की वेष्ट हेयर र अजय धिताल फिटनेस चुनिए।

 

Bansika Gautam and Nabina Lama
त्यसैगरी किशोरीतर्पm सिन्डी बज्राचार्य मिस क्याटवक र मिस व्युटीफुलसहित फष्ट रनर्सअप, एकता चन्द वेष्ट स्पीचसहित सेकेण्ड रनर्सअप तथा मन्दिरा भण्डारी वेष्ट पर्सनालिटीसहित थर्ड रनर्सअप भए। गीत संगीत र नृत्य प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा प्रकृति भण्डारी मष्ट पपुलर र मष्ट डिजर्भिङ, सोनु कपाली फेसबुक च्वाईस, हसीना श्रेष्ठ भिवर्स च्वाईस र सोसल्ली रेसपोन्सिबल, आस्था श्रेष्ठ मिस ट्यालेण्ट, अलिजा बास्तोला वेष्ट स्माइल, सुस्याना राई वेष्ट हेयर, सुप्रिया ढकाल वेष्ट स्कीन, दीव्या विष्ट वेष्ट डिसीप्लेन, इशा सुनार फेशन आइकन र मष्ट फोटोजेनिक, भावना जोशी वेष्ट फिजीक, अस्मिताश्री रिजाल मष्ट फिटनेस, एरिका घिसिङ मष्ट फ्रेण्डली, दीपीका केसी मिस कन्जिनियालिटी, शरणा रायमाझी मष्ट चार्मिङ, डिनीटा सरु मगर मष्ट एक्टिभ, कृतिका श्रेष्ठ मष्ट पर्पmेक्ट, अनुषा ढुंगाना सोसल वेलफेयर एम्बेस्डर, लीजा थापा मष्ट पोजेटिभ एटिट्युड, अस्मिता ढुंगाना युथ विथ रेस्पोन्सिबिलीटी, सिरीश्मा महर्जन वेष्ट डान्स, दीपीका सुवेदी मष्ट क्रिएटिभ, सविया ठकुरी र सगुन भुजेल मेनेजमेन्ट च्वाईस, सिर्जना महत मष्ट आइकनिक आइज चुनिए।

 

Winner Bansika Gautam
कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा हिसानका अध्यक्ष रमेश सिलवाल, नायक शुशिल श्रेष्ठ, सञ्चारकर्मी तथा अभिनेता श्याम अर्याल, प्राध्यापक सुदन डोटेल, मिसेस नेपाल इन्टरनेशल २०१६ की फष्ट रनर्सअप विन्दा खतिवडा, संगीतकार सरोज प्याकुरेल र सञ्चारकर्मी सुर्य चन्द निर्णायक रहेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु