मिस एसएलसी प्रतियोगिताको घोषणा

म्यूजिक खबर
प्रकाशित: ३ बैशाख २०७३, शुक्रबार

काठमाडौं— एसएलसी दिएर परिणामको पर्खाइमा छात्राहरुलाई लक्षित गर्दै दुई भिन्न संस्थाले मिस एसएलसी प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका छन् । बन्दना कला केन्द्रले ‘साईपल मिस एसएलसी— २०१६’ को पा“चौं संस्करण आयोजना गर्ने घोषणा गरेको छ भने गत वर्ष ‘मिस यूथ आइकन’ आयोजना गरेको ट्रिक मिडियाले ‘मिस एसएलसी कन्टेष्ट—२०१६’ शीर्षकको प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ ।

‘साईपल मिस एसएलसी–२०१६’ मा सहभागिताका लागि आवेदन फाराम काठमाडौंसहित बुटवल तथा दमक केन्द्रबाट खुल्ला गरिएको आयोजक संस्थाले जनाएको । विगत ५ वर्षदेखि बन्दना कला केन्द्रले यो प्रतियोगिता आयोजना गर्दै आएको छ । अघिल्ला प्रतियोगिताहरु झैं यसपटकको प्रतियोगितामा पनि सहभागिताका लागि प्रत्येक छात्राले एसएलसी परिक्षा दिएको हुनु पर्ने नियम बनाइएको छ । आयोजक संस्थाले दिएको जानकारी अनुसार छात्राहरुले ‘मिस एसएलसी’ का लागि आवेदन फारम बुझाएसंगै निःशुल्क ब्रीजकोर्सको कक्षा लिने पाउनेछन् । त्यसका लागि बुटवलमा वैशाख १७ गत, दमकमा वैशाख २० गते तथा काठमाडौंमा वैश्ाँख २४ गते सम्म आबेदन फारम भरि सक्नु पर्नेछ । फाराम बुझाए लगत्तै बुटवलमा वैशाख १८, दमकमा वैशाख २१ तथा काठमाडौंमा वैशाख २५ गते अडिसन हुनेछ । यो प्रतियोगिताको ग्रँन्ड फिनाले असार ४ गते जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न हुनेछ ।

Miss SLC
‘मिस एसएलसी कन्टेष्ट–२०१६’ को अडिसन भने यही वैश्ाँख ४ गते शनिवार तथा वैश्ाँख ११ गते शनिवार काठमाडौंमा आयोजना हु“दैछ । अनामनगरस्थित अनामनगर न्यूज बिल्डिङ (एफएफसी हल) मा अडिसन सम्पन्न हुने आयोजक संस्थाले जनाएको छ । अडिसनबाट छनोट भएका प्रतिस्पर्धिहरुलाई करिव डेढ महिना प्रशिक्षण दिइने छ । निर्णायक प्रतियोगिता जेठ महिनाको तेस्रो साता सम्पन्न हुनेछ । प्रशिक्षणको क्रममा प्रतिस्पर्धि किशोरीहरुलाई विभिन्न शैक्ष्ँिक गतिविधिका साथै व्यक्तित्व विकास, करियर काउन्सिलिङ, स्थलगत भ्रमणसहितका गतिविधिमा सहभागि गराइने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु