मिस गुरुङ्ग लाई प्रेमीले छाडेर अर्कैसँग लागेपछि…(फोटो फिचर)

म्यूजिक खबर
प्रकाशित: १४ आश्विन २०७१, मंगलवार

गोपीकृण्ण चापागाई । असोज १४, काठमाडौं
एक्ले रुदै हिडिरहेकी थिइन । कतै कसैलाई खोज्दै हिडेको जस्तो गर्दै रुँदै थिइन् । हरियाली वातावरण, फराकिलो वस्तिमा आँखा टाढाटाढा पुगेका थिए उनको । बझ्दै जाँदा उनले आफ्नो प्रेमीलाई खोज्दै हिडेकी रहीछिन् । तर यो कुरा यथार्थमा नभएर एउटा म्युजिक भिडियोमा मात्र थियो । कथाले मागे अनुसारको अभिनयमा जुटिरहेकी गुरुङ्ग क्यामेरा अगाडि अभिनय गर्नमा निकै व्यस्त थिइन् ।
यहि भदौ १७ गते काठमाडौंको राष्ट्रिय नाचघरमा भएको प्रतिस्पर्धामा मिस गुरुङ्ग इन्टरनेशल भएकी रसिला गुरुङ्ग एक म्युजिक भिडियोको छायांकनमा व्यस्त थिइन् । मिस गुरुङ्ग इन्टरनेशनल भएपछि म्युजिक भिडियोमा निकै व्यस्त भएकी गुरुङ्गसँग काठमाडौंको उत्तरी पहाडि भेग काभ्रेस्थलीमा सोमबार छायांकन कार्यमा सुटिङ युनिट दमदार तरिकाले जुटिरहेको थियो ।
बि.सं. २०५२ सालमा रेडियो नेपाल भ्वाईस टेस्ट पास गर्नुभएकी गायिका बसन्ति राईको आधुनिक गिती संग्रह ‘खजाना’ मा रहेको ‘धेरै खोजे’ बोलको गितको लय शब्द पनि गायिका राईकै रहेको छ । त्यसैगरी संगितकार सरोज लामा र भिम राईले संगित दिनुभएको छ । काठमाडौं डिजीटल रेकडिङ्गद्धारा बजारमा आएको सो गितमा बिगत लामो समय देखि फिल्म तथा म्युजिक भिडियोमा निदेशन गर्दै आउनुभएका निर्देशक मिलन कार्की एक्सन कट्को भुमिका निभाईरहनु भएको थियो ।
नव मोडल प्रेम सोनु, मिस गुरुङ्ग इन्टरनेशनल रसिला गुरुङ्ग र अन्जना लिम्बु मुख्य भुमिकामा रहनुभएको थियो ।
IMG_2239 IMG_2195 DSC_9129 SUTING 4 SUTING 1

 

 

तस्बिरः गोपिकृण्ण चापागाई ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु