मिस नेपालविरुद्ध खनिइन् शुभेच्छा

म्यूजिक खबर
प्रकाशित: ३ बैशाख २०७१, बुधबार

काठमाडौं । नेपाली चलचित्र ‘मिस नेपाल’ निर्माण सुरु भएदेखि नै विवादमा मुछिन्दै आएको छ । अभिनेत्री शुभच्छा थापा निर्मित यस चलचित्रप्रति सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल’ को आयोजक संस्था हिडेन ट्रेजरले आपति जनाउँदै आएको हो । तर, शुभेच्छाले उल्टै चुनौती दिँदै आएकी छन् । बुधबार चलचित्र ‘मिस नेपाल’बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा शुभेच्छाले भनिन्, ‘हिडेन ट्रेजरलाई तर्साउनकै लागि माछाले बक्षस्थल छोपेर फोटोसुट गरेकी हुँ ।’ केही समयअघि उनेल आफ्नो बक्षस्थल माछाले छोपेर फोटोसुट गराएपछि निर्मात्रीसमेत रहेकी शुभेच्छा थापा चर्चासँगै आलोचनाको पात्र बनेकी थिइन् ।
आनामनगरस्थित मण्डला ठिएटरमा आयोजिक कार्यक्रममा शुभेच्छाले हिडेन ट्रेजरलाई तर्साउनकै लागि फोटोसुट गराएको स्पष्टिकरण दिइन् । उनले भनिन्, ‘उहाँहरु हिडेन ट्रेजर) भित्री रुपमा मलाई तनाव दिइरहनु भएको थियो, विकिनीमा फोटोसुट गराउँदा खुलेरै आउने कुरै थिएन, त्यसैले तर्साउन माछाले बक्षस्थल छोपेर फोटोसुट गरेकी हुँ ।’ यति मात्र नभइ उनले ‘मिस नेपाल’ का नाममा आयोजकले १६ बर्षका युवतीलाई एक बर्षसम्म बन्धक बनाउने गरेको आरोप पनि लगाएकी छन् । पत्रकारसँगको सात्क्षारमा शुभेच्छाले भनिन्, ‘मैले चलचित्र मिस नेपाल बनाउँदा उहाँहरु त्यतिकै तर्सेका होइनन् । १६ बर्षका यूवतीहरुलाई विकिनीमा तस्बिर खिचाउनु कहासम्मको काम हो, तर पनि किन सहभागीहरु बोल्दैनन् । यही कुरा खोलिने डरले उहाँहरु डराएका हुनसक्छ ।’ तर उनले आफ्नो चलचित्रमा हिडेन ट्रेजरलाई असर पर्ने किसिमको दृश्य नभएको शुभेच्छाले बताइन् ।
सुरेन्द्र तुलाधर निर्देर्शित चलचित्र ‘मिस नेपाल’ मा सविन श्रेष्ठ, क्षितिजा शाक्य, शुभेच्छा थापालगायतका कलाकारको मुख्य अभिनय छ । यो चलचित्र ९ जेठबाट प्रदर्शनमा आउँदै छ ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु