मिस नेशनल आइकनमा २०१९को पहिलो अडिसशनबाट १६ प्रतियोगी छनोट

म्यूजिक खबर
प्रकाशित: २७ चैत्र २०७५, बुधबार

‘मिस नेशनल आइकन’मा १६ प्रतियोगी छानिएका छन् ।प्रतियोगितामै विजेतालाई कार र उपविजेतालाई स्कुटी पुरस्कार दिएपछि चर्चामा आएको सौन्दर्य प्रतियोगिता ‘मिस नेशनल आइकन’को दोस्रो अडिसन सुरु भएको हो ।विजेताले २६ लाख रुपैयाँ ड्याट्सन बराबरको कार पाउनेछिन् । जसका लागि अब १६ प्रतिस्पर्धीको भिडन्त हुने भएको छ । ब्राइट इन्टरटेनमेन्टद्वारा आयोजित यस प्रतियोगिताको यो संस्करणको अडिसनमा कोरियोग्राफर रोजिन शाक्य, आयोजक संस्थाका अध्यक्ष तथा गायक धनीराम राईलगायत निर्णायक थिए । छनोट गरेका प्रतियोगीहरुलाई अब करिब एक महिना कोरियोग्राफर रोजिन शाक्यले क्याटवाक, खेलकुदसहित विभिन्न आत्मविकासबारे एक महिने प्रशिक्षण दिनेछन् । त्यसपछि प्रतियोगीहरु फाइनलमा भिड्नेछन् । ब्राइट ईन्टरटेन्मेन्टका अध्यक्ष तथा संगीकार समेत रहेका राईका अनुसार यसपटक पहिलो संस्करणमा भन्दा आकर्षक पुरस्कार राखिएका छ । अध्यक्ष राईले भने मिस नेशनल आइकन’ विजेताले कार पुरस्कारसहित प्लेटफर्म पनि पाउँछ ।’ उनका अनुसार फस्टर रनरअप र सेकेण्ड रनरअपले क्रमश स्कुटी र नगद ५० हजार पाउनेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु