मिस मंगोलको अडिसन । विजेतालाई एक लाख रुपैयाँ पुरस्कार

म्यूजिक खबर
प्रकाशित: २३ फाल्गुन २०७०, शुक्रबार

काठमाडौं । शीरमा ताज सजाउने सपनासहित मिस मंगोल नेपाल २०१४ का लागी आवेदन दिएका मंगोल समुदायका युवतीको पहिलो चरणको छनोट (अडिसन) बुधबार राजधानीमा सम्पन्न भएको छ । प्रतियोगीतामा सहभागी हुुन देशभरका ५७ जनाले आवेदन दिएका थिए । तीमध्ये २४ जनाले अन्तिम प्रतिष्पर्धाका लागी मौका पाउने आयोजक एक्सन इन्टरटेनमेन्टकी प्रबन्ध निर्देशक चन्दा घिसिङले जानकारी दिएकी छन् ।

पहिलो चरणको छनोट (अडिसन) मा कोरियोग्राफर जयन सुब्बा मानन्धर, गायक श्याम साम्सोहाङ, मिस मंगोल नेपाल २०१३ मुस्कान लिम्बुलगायत निर्णायक मन्डलमा रहेका थिए । अडिसनमा उत्र्रिण प्रतियोगीलाई प्रतियोगीतासँग सम्बन्धित विभिन्न विषयमा कोरियोग्राफर रोजिन शाक्यले एक महिना प्रशिक्षण दिने छन् । यस क्रममा प्रतिभा प्रस्फुटन, आत्माविश्वासमा अभिवृद्धि, आफुमा भएको क्षमता प्रदर्शनदेखी मौलिक कला, संस्कृती, भाषा, भेषभुषा आदिका बारेमा जानकारीमुलक कक्षा समेत दिइने छ ।
सुन्दरता, बौद्धिकता र संस्कृतीबीचको फ्युजनका रुपमा लिइएको मिस मंगोल प्रतियोगितामा विजेता छनोट प्रक्रियालाई बैज्ञानिक र सान्दर्भिक बनाउन २५ प्रतिशत एसएमएस भोटिङ, २५ प्रतिशत ट्यालेन्ट सो र ५० प्रतिशत अन्तिम प्रतिष्पर्धामा प्रतियोगीको प्रस्तुतीलाई आधार बनाइँदै आएको छ । हरेक क्षेत्र जनताको मत र चाहना अनुसार चल्ने यस युगमा मिस मंगोल छनोटमा पनि लाखौं नेपालीलाई प्रत्यक्ष सहभागी गराउन एसएमएस भोटिङलाई २५ प्रतिसत मान्यता दिइएको आयोजकले जनाएको छ ।
आफ्नो मौलिक कला र संस्कृती प्रवद्र्धनका लागि जातीय सौन्दर्य प्रतियोगीताको लहर चलेका बेला मिस मंगोल नेपाल समस्त आदीवादी जनजातीका प्रतिभावान युवतीका लागि साझा प्लेटफर्म सावित भएको छ । नेपालका साथै विश्वभरका करोडौं मंगोल समुदायको ध्यान खिच्न सफल यस प्रतियोगीतालाई नेपालको मौलिकतासँग जोड्न गत वर्षदेखी मिस मंगोल नेपाल नामाकरण गरिएको हो ।
प्रतियोगीतामा १६ देखी २४ वर्ष उमेर समुहका, घटीमा एसएलसी पास एवं पाँच फिटभन्दा बढी उचाई भएका मंगोल समुदायका अविवाहित युवतीले भाग लिन पाउने प्रावधान राखिएको छ । प्रतियोगीतामा शिर्ष उपाधीका साथै फस्ट रनरअप, सेकेन्ड रनरअप, मिस ट्यालेन्ट, मिस पर्सनालिटी, मिस डिसिप्लिन, मिस फोटो जेनिकलगायतका विभिन्न उपाधी पनि प्रदान गरिने छ ।
यसअघि सृष्टि राजकर्णिकार, वर्षारानी गुरुङ, सुम्निमा देवान, सपना रोका र मुस्कान लिम्बुले मिस मंगोल नेपालको शीर्ष उपाधी चुमिसकेका छन् । मिस मंगोलको यो छैटौं संस्करण हो । प्रतियोगीताको अन्तिम प्रतिष्पर्धा आगामी चैत २२ गते काठमाडौंमा हुनेछ ।

P1090396

P1090386

P1090375

1779706_597334857025823_1487439119_n

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु