‘मिस मंगोल नेपाल २०१४’को ताज अनिस्तालाई

म्यूजिक खबर
प्रकाशित: २३ चैत्र २०७०, आईतवार

काठमाडौ। एक्सन इन्टरटेनमेन्टको आयोजनामा शनिबार ‘मिस मंगोल नेपाल २०१४’ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा जाउलाखेलकि २२ वर्षीया अनिस्ता गुरुङले ‘मिस मंगोल २०१४’ उपाधि चुमेकी छिन् । विगत पाच वर्ष  देखी निरन्तर हुदै आएको प्रतियोगीताको छैटौ संस्करणमा अनिस्ताले आफ्ना २५ प्रतिस्पर्धीहरुलाई पछाडी पार्दै एक लाख रुपैया नगद सहित मिस मंगोल नेपाल २०१४को ताज जितेकी हुन् । उनिलाई पुर्व मिस मंगोल नेपाल २०१३ बिजेता मुस्कान लिम्वुले ताज पहिराई दिएकी थिइन् ।
अन्तिम प्रतिस्पर्धाका २६ जना प्रतियोगीहरुलाई सुरुमा परिचयात्मक पहिलो चरणबाट प्रतियोगीता सुरु भएको थियो । विभिन्न प्रतिभा शो गर्दै दास्रो चरणमा टप १० प्रतियोगीहरुलाई छनौट गर्दै क्षमता अनि प्रस्तुतिका आधारमा टप ५ छनौट गरिएको थियो । एनी गुरुङ, एलिजा घले, अनिस्ता गुरुङ, बवसना ढेङ्गा र सबिना तामाङ टप ५ मा छनौट भएका थिए । अन्तिम प्रतिस्पर्धामा बिवशना ढेङ्गाले ‘मिस मंगोल नेपाल २०१४’ को सेकेन्ड रनरअपको उपाधि पाईन भने बानेश्वरकी एनी गुरुङले फस्ट रनरअपको उपाधी चुमिन्। फस्ट र सेकेन्ड रनरअपले १५–१५ हजार नगद ,विभिन्न गिफ्ट ह्याम्पर संगै ताज प्राप्त गरे।
प्रतियोगीतामा शिर्ष उपाधीका साथै मिस ट्यालेन्ट, मिस पर्सनालिटी, मिस डिसिप्लिन, मिस फोटोजेनिकलगायतका विभिन्न उपाधीहरु पनि प्रदान गरिएको थियो।
प्रतियोगितामा कमला श्रेष्ठ,धिरज राई,सपना रोक्का मगर,जयन सुब्बा मानन्धर,गायक राजेशपायल राई लगायत निर्णायक रहेका थिए। गायक राईले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्दा कार्यक्रम अझै रोचक बनेको थियो । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न भएको प्रतियोगिता पाच सय भन्दा बडी दर्शकहरुले प्रत्यछ हेरेका थिए ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु