मुनाको तिज मलेसियामा

म्यूजिक खबर
प्रकाशित: ११ भाद्र २०७२, शुक्रबार

मलेसिया । लोक दोहोरी गायिका मुना थापा मगरले यसपालीको तिज मलेसियाका नेपाली माझ मनाउने भएकी छ्न । मलेसियाको क्लाङमा सेक्टेम्बर १६ मा थापाले एक सागितिक कार्यक्रमका बिच तिज पर्व मनाउन लागेकी हुन । थापाको तिज मनाउने चाजो पाजो भने मलेसियामा सक्रीय रहेका प्रवासी कलाकारको समूह प्रियसी सास्कृतिक समूहले मिलाउने भएको छ ।

muna thapa 1
मलेसियामा रहेका कलाकारहरु राजेन्द्र पुरीको अगुवाइमा हालै संगठित भएका हुन् । सो समूहले तिजको अवसरमा नेपाली दिदी बहिनीलाई गायिका थापा तिजका गीत गाएर नचाउने भएकी हुन । कार्यक्रम संयोजक उमेश पुर्बेलीका अनुसार केलाङको सन्तोसाको एन एस के मार्केट रहेको हलमा हुने सो सागितिक कार्यक्रममा प्रवासी कलाकारले समेत आफ्नो प्रस्तुती दिने भएका छ्न् ।

muna thapa
मलेसियाका हरेक सांगीतिक स्टेजमा आफ्नो प्रस्तुती दिदै आएका गायक जनक रुचाल र आइदिप प्रधानले आफ्नो प्रस्तुती दिने भएका छ्न । रुचाल पछिल्लो समय मलेसियाका नेपाली माझ लोकप्रीय बन्दै आएका छ्न । सो कार्यक्रममा प्रवासी कलाकारहरु जस्मा लिम्बु ,जानुका मोक्तान, राजु श्रेष्ठ, स्वेता श्रेष्ठको नृत्य प्रस्तुती रहने भएको छ । लोक दोहोरी एल्बम बजारमा ल्याएका गायक दुर्गा रोकाले समेत तिज गीत गाउने भएका छ्न् । मिलन लामा र सुमीत तामाङको पनि प्रस्तुती रहने मिडिया संयोजक अर्जुन काफ्लेले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु