मुसुक्क, खुसुक्क र भुसुक्क: राष्ट्रकवि

म्यूजिक खबर
प्रकाशित: १० माघ २०७२, आईतवार

राष्ट्रकवि माधव प्रसाद घिमिरेले नेपाली कलाजगतका बारेमा बोल्दै देखेको कुरा टिपिहाल्नु पर्छ, दिमागमा त्यसलाई बसालेर कलामा ढाल्न सक्यो भने त्यो जीवन्त बन्न सक्छ नत्र मुसुक्क हाँस्यो, खुसुक्क कुरा हुन्छ र भुसुक्क भुल्ने काम हुन्छ भने । मूर्तिकार नवीन सुवेदीद्वारा बनाइएका मूर्तिहरुको एकल प्रदर्शनको समुद्घाटन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै राष्ट्रकवि घिमिरेले भने – नवीनका मूर्ति जसरी निर्माण भएका छन् उनले पनि त्यसरी नै कसैको मुस्कान टपक्क टिप्न सफल भएकै कारण मूर्ति बनेका हुन् । नवीन जस्तो प्रतिभाको सबैले कदर गर्नुपर्छ, मूल्यांकन गर्नुपर्छ भन्दै घिमिरेले कविता, गीत, चित्रकला सबै कलाको विधाभित्र पर्ने बताए । घिमिरेले कविता लेख्दैमा हुँदैन त्यसले बोल्न सक्नुपर्छ भने । नवीवनका मूर्ति अवलोकन गरिसकेपछि मूर्तिहरुले पनि यथार्थता बोकेको राष्ट्रकविले बताए ।

कार्यक्रममा गजलकार डा.कृष्णहरि बरालले नवीनका मूर्तिहरुले रियलकन्सेप्टलाई आत्मसात गरेको बताए । अहिले जीवित रहेका व्यक्तिहरुलाई खोजी खोजी नवीनले मूर्ति बनाएका छन्, उनका मूर्तिहरु यथार्थ धरातलमा उभिएको छ । उनले जोखिम मोल्दै नेपालका स्रष्टा, सर्जक र आत्माभित्रको अनुभूतिलाई मूर्तिमा उतारेका छन्, डा.बरालले भने – ‘लियानार्दो दाभिन्चिले मोनालिसाको चित्र बनाउँदा मनपरेको खानेकुरा दिँदै अगाडि राखेर चित्र कोरेका थिए रे त्यस्तैमा म पनि परेँ ।’ आफ्नै मूर्ति नवीनले बनाइदिएको कुरा गर्दै बरालले कल्पनाको प्रेममा पागल बनेर नवीनले ‘मोहिनी’को निर्माण गरेका हुन् भने । डा.बरालले भने – ‘पहिलेका व्यक्तिको मूर्ति बनाउँदा काल्पनिक हुन्छ तर तत्कालको अवस्थामा रहेका व्यक्तिकौ मूर्ति बनाउनु जटिल हुन्छ । उनीहरुको समयअनुसार भएको परिवर्तनको अनुहारलाई प्रतिनिधित्व नगर्न पनि सक्छ ।’ लेखकको मृत्युको प्रसंग उठाउँदै बरालले नवीन मसँग प्रतिस्पर्धा गर्न सक्छ तर म नवीनसँग कहिल्यै प्रतिस्पर्धा गर्न सक्दिनँ । किनकी नवीन मूर्तिकार मात्र नभएर गीतकार पनि हो ।

madhab ghimire
त्यस्तै गीतकार, कवि एवं कला पत्रकार डा.नवराज लम्सालले रियलिष्टिक कन्सेप्ट र अनुभूतिभित्र रहेर नवीनको कला बाहिरिएको बताए । शिल्पले, प्रयोगले, विधाले, विधिले, चेतनाले र इच्छाशक्तिले कलालाई आधुनिकिकरण गरेको बताउँर्द लम्सालले नवीनको मोहिनीभित्र सपनाको संवेदना झल्किएको बताए । नवीन मायाप्रेममा परेको छैन भने पनि उनको मूर्तिप्रतिको मायाप्रेमले गहिराईमा पु¥याएको लम्सालको तर्क थियो । आफ्नो कला पत्रकारिताको इतिहासभित्र मूर्तिकला, चित्रकलाले पनि महत्वपूर्ण भूमिका खेलेका बताउँदै लम्सालले नवीन नेपाली कलाको पृथक पहिचानको बाटोमा हिंडेको बताए ।

baral-lamsal
ललितकला क्याम्पसका कला विभागका प्राध्यापक डा.यामप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा कलाकार एवं कला समीक्षक मदन चित्रकार, चित्रकार रविन्द्र ज्यापू लगायतको कला समीक्षकहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम संचारकर्मी हेम सुवेदीले संचालन गरेका थिए ।

nabin subedi
मूर्तिकार नवीन सुवेदीले आफू प्रेममा नपरे पनि एउटी प्रेमिकाको मोहिनी रुपलाई नै मूर्तिमा परिणत गरेको बताएका छन् । मानिसको जीवन भोगाईको क्रममा हुने समस्या र समाधान, मानवीय संवेग तथा सम्झनयोग्य क्षणहरु नै मेरो मूर्तिकलाको विषय बनेको छ, सुवेदीले भने । लेटाङ भोगटेनी नगरपालिका ६, मोरङका सुवेदीले ३५० भन्दा बढी मूर्तिहरु निर्माण गरिसकेका छन् । नेपाल आर्ट काउन्सिल बबरमहलमा माघ ९ देखि १८ गतेसम्म संचालन हुने मूर्ति प्रदर्शनीमा उनले रेजिन, फाइबर ग्लास र सिमेन्टबाट निर्मित मूर्तिहरु राखेका छन् भने ढुंगाको मूर्तिहरु मोरङमा नै भएको उनले बताए ।

madhav prasad ghimire
सुवेदीले गजलकार डा.कृष्णहरि बराल, गीतकार एवं कला पत्रकार डा.नवराज लम्साल, गायक रामकृष्ण ढकाल, गायक बाबु बोगटी, नायिका ऋचा शर्मा, नायक राजेश हमाल, राष्ट्रकवि माधवप्रसाद घिमिरे, भजन शिरोमणि भक्तराज आचार्यलगायतको मूर्ति निर्माण गरेका छन् ।

baral-lamsal art babu bogati art council-madhav nabaraj art council nabaraj lamsal- with wife nabaraj lamsal ramkrishna dhakal-krishna baral krishnahari baral

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु