मेरा धेरै गीत च्यातिए : राजुबाबु

म्यूजिक खबर
प्रकाशित: ४ आश्विन २०७१, शनिबार

काठमाडौं, ४ असोज । गीतकार राजुबाबु श्रेष्ठले आफ्ना धेरै गीतहरु संगीतकारले मन नपराएका कारण च्यातिएको बताएका छन् । संगीतकार सुनिल मास्केले संगीत गर्ने क्रममा आफ्ना धेरै गीतहरुलाई अझै बनाउनुपर्ने बताएपछि च्यात्नु परेको बताएका हुन् । गायिका मिलन अमात्यको पछिल्लो गीतिसंग्रह ‘मधुर मिलन’ विमोचन समारोहमा श्रेष्ठले संगीतकारसँग झगडा पनि गरेको बताउँदै त्यहीबीचबाट एउटा राम्रो शब्द कोर्न र संगीत सिर्जना गर्न सफल भएको बताएका छन् ।
संगीत नाट्य एकेडेमीका उपकुलपति संगीतकार शम्भूजित बास्कोटा, पूर्व प्रधान सेनापति रुक्माङ्गत कटवाल, प्राज्ञ संगीतकार शान्तिराम राईको साथमा एल्बमका स्रष्टा गीतकार राजुबाबु श्रेष्ठ, संगीतकार सुनिल मास्के, गायिका मिलन अमात्य र एरेन्जर सचिन सिंहले संयुक्त रुपमा मधुर मिलनको सार्वजनिक गरेका थिए । संगीतकार संघ नेपालको आयोजनामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य दिँदै संघका महासचिवले अन्य स्रष्टाहरुलाई पनि सदैव यस्ता कार्यक्रमहरुको आयोजना गर्नका लागि संगीतकार संघले साथ दिने बताएका थिए । त्यस्तै गायिका मिलन अमात्यले पनि मधुर मिलनलाई सुरुदेखि सार्वजनिक गर्दाका केही क्षणहरुलाई स्मरण गराएकी थिइन् ।

madhur milan1
मधुर मिलन एल्बममा सुनिल मास्केको एकल संगीत रहेको छ भने राजुबाबु श्रेष्ठले गीत लेखेका छन् । सचिन सिंहको सोलो एरेन्ज छ भने गायिका मिलन अमात्यको सोलो स्वर रहेको छ । किन लायौ माया परदेशी, सोचेजस्तो भए जीवन, चाहे गाली गर प्रिय, हजारौंको भीडमा, मुटु चिरी माया लग्यौ जस्ता गीत समावेश भएको यस एल्बमलाई भाइब्स क्रियशनले बजार प्रबद्र्धन गरेको छ ।
rajubababu madhur milan

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु