‘मेरो अंग हेर्नेलाई मज्जा आउँछ’ : ज्योति मगर

म्यूजिक खबर
प्रकाशित: ११ पुष २०७३, सोमबार

jyoti-magarपौष ११, काठमाडौं । उही मुलाको सिन्की, उही मुलाको चाना, जालमा पारे काँ पाउला उम्किएर जान, ढाडे बिरालो बोलको गीतमा गरेको हट अभिनय किन नहोस् । यस्ता चर्चित कार्यको चर्चित पात्रको कथा अरु कसैको होईन ज्योति मगर बाहेक ।निक्कै उत्ताउला गीत र अभिनय गरेर दुनियाँ आफै तिर तान्न सफल गायिका ज्योती मगरको जन्म २०४६ बैशाख २९ गते रोल्पा जिल्लाको नुबागाउँ वडानं। ५ डिल्लीराज मगर र अम्मी मगरको खोखबाट भएको हो । तिन सन्तान मध्येमा ज्योति दोस्रो सन्तानको रुपमा यस धर्तिमा जन्म लिएकी हुन् । गाउँको मध्यबर्गिय परिवारमा जन्मीएकी ज्योति मगरको वाल्यकाल खासै उतार चढाव रहेन ।

५ बर्षको सानै उमेरमा अध्ययन गर्ने मौका मिल्यो । करिव पाँच मिनेट समयको बाटो लाग्ने तत्कालीन अरनिको बिद्यालयमा उनका ठुलोबुबा र काका वीरेन्द्र सोही स्कुलका शिक्षक भएकाले झनै उनलाई अध्ययन गर्न सजिलो भयो । बिहानको खाना खाएर विद्यालय गयो र छुटी भएपछि घर फर्किएर आमालाई घर धन्दाको काममा सहयोग गर्ने ज्योतिको दैनिकी थियो । सूरुदेखि नै पढाईमा अब्बल कक्षामा पहिलो र दोस्रो हुने बिधार्थी हुन । टीकाराम भन्ने केटा पहिलो हुँदा आफु दोस्रो हुने र आफु पहिलो हुँदा उ दोस्रो भएको पुरानो याद अझै ज्योतिको मानसपटलमा ताजा छ ।

ज्योतिको परिवारको मुख्य पेशा भनेको नै कृषि थियो । त्यसको अलवा बंगुर, गाई भैसि पालन त हुने नै भयो । सानो छदाँ दिदीसँग झगडा चाँही पर्थो रे । त्यस्तै २०५९ सालमा अरनिको विद्यालयबाट कक्षा ८ पास गरेकी ज्योतिको विडम्बना भन्नु पर्छ औपचारीक अध्ययन माथि पुर्ण विराम लाग्यो । त्यो चिन्ह लाग्नुको कारण अरु केही थिएन तात्कालीन माओवादी यूद्ध बाहेक । उत्सर्गमा पुग्दै गरेको माओवादी यूद्धको राकोमा गाउँ बस्तीहरू जल्दै थिए ।

केही समयको अन्तराल पछि ज्योतिको जीवनमा परिवर्तनको मुल देखिन थाले । थप अध्ययनका लागि साथीहरूसँगै दाङ्ग जाने निधो गरेछन् । यद्यपि एक दिन एकरात ज्योेति माओवादीको लडाकुसँग बिताएको सत्य हो । त्यो सिविरबाट अलग भएर भोलीपल्ट घोराही लागिन् । उसो त त्यहाँको विद्यालयमा पढ्न पनि निक्कै पापड मोल्नु पर्ने भयो । जम्मा दुईवटामात्रै सरकारी विद्यालय थिए । त्यतिबेला घोराहीमा । भर्ना हुन ज्योति तत्कालीन श्री रझेना मावि पुगिन् । त्यस पछि कक्षा आठ पास गरेको शैक्षिक प्रमाणपत्र ल्याउनु पर्नेदेखि अनेक झमेला आईलाग्यो ।

‘जोसँग जुन चिज राम्रो छ, त्यो देखाउने हो, नहुनेले बिरोध गर्छन्,
त्यो झमेला ज्योतिको लागि सहज सावित भएन । तर पढ्ने धोको विसाएर सहायक प्राधानाध्यापक पुरुषोतम खनालसँग आग्रह गरेपछि कक्षा नौ मा भर्ना भएकी ज्योति विद्यायल स्तरिय सास्कृतिक कार्यक्रममा भाग लिन थालिन् ।
मनग्य पुरस्कार जित्न सफल ज्योति २०६३ मा रझेना मावि बाटै दोस्रो श्रेणिमा एसएलसि पास गर्न सफल भईन । उनलाई लागेको थियो रे, परिक्षा सकिदा वित्तिकै पास हुन्छु भन्ने । बाआमाको सपना पढेर ज्योतिले जागिर खाएको देख्ने । तर रिजल्ट आउने समयसम्म काठमाण्डौ आएर स्वर परिक्षण गर्ने सपना ज्योतिको रहेछ ।

जे होस् बाआमालाई मनाएर काठमाडौं आउनेमा पुगेकी ज्योति जे पर्छ त्यहि टर्छ भन्ने मान्यता बोक्ने गायिका हुन । साथीहरू शर्मिला पुन र शर्मिला मगरसँग गीत रेकर्ड गराउन र ज्योतिले जे पर्छ, त्यहि गरिन्छ भनेर २०६३ जेठ १५ गते काठमाडौ हानिए भन्छिन् । त्यो पललाई सम्झीदा गोविन्दमधुर आचार्य ज्योति लगायत साथीहरूलाईन लिन नयाँ बषपार्क पुगेका थिए । आचार्यको साथमा सुरुकै दिन जमलको सोल्टिनी रोधि घर पुगिन् । संयोग के थियो भने, तलब र सुविधाको विषयमा विवाध परेका कारण त्यस दिन गायिकाहरू काममा आएका रहेनछन् । त्यहि मौकामा ज्योतीले आफ्नो कला गला त्यहा पोख्ने मौका पाईन ।jyoti-magarत्यहि दिन २५० रुपैयाँ टिप्स पाएको स्मरण अझै छ ज्योतिमा । रमार्ईलो कुरा के भने पुराना गायिकालाई पाँचहजार तलव थियो भने ज्योतिलाई पाँचहजार पाँचसय दिने भयो । यसरी सोल्टीनीमा करिब एक बर्ष काम गरिन् । त्यस पछि टुर्बोग अवार्ड जितिन । त्यस पछि ४ महिना सुन्धारा दोहोरिमा गाईन । कमलादीमा रहेको निरमाया रोधिमा सम्मान जनक पारिश्रमीक लिएर एक बर्ष भन्दा बढि काम गरेको अनुभव उनमा छ । उपत्यका बाहिर पनि उनले ननाचेको र नगाएको शहर कमै होलान् । यति मात्रै होईन नेपाल बाहेक डेढ दर्जन बढि मुलुकमा उनले प्रस्तुति दिसकेकि छिन् ।

गीत संगीतको कुरा गर्ने हो भने, मन किन टाढा भो (२०६४) मायासँग (२०६५) उहीमुलाको सिन्की (२०६८) मलाई उत्ताउली नभन (२०६८) चौबन्दीमा । (२०६८) जिम्मल वाउकी छोरी (२०७०) पिरतिमा दमछ (२०७१) मत नाच्ने हो छोटो सारीमा (२०७२) भोड्का खोई २०७३ लगायत उनका धेरै गीतहरूले बजारमा एकछत्र राज गरेका छन् । यि बाहेक ज्योतिले ६ दर्जन बढि गीतमा आवाज दिसकेकी ज्योति पछिल्लो समयकी हट मोडल पनि हुन । त्यसो त खानपीन र पोशाकमा अरु भन्दा पृथक देखिने ज्योतिको प्रेम र विवाह सम्बन्धी धारणा फरकै छ । लवाई र अभिनय अलि छाडा भयो भन्ने प्रश्नको जवाफमा उनि भन्छिन्,‘ जोसँग जुन चिज राम्रो छ, त्यो देखाउने हो, नहुनेले के देखाउने, नहुनेले बिरोध गर्छन्, एक त मेरो सानै देखिको पोशाकनै यस्तै थियो, फेरी मेरो अंग हेरेर मज्जा लिनेहरू धेरै छन्, विवाह चार पाँच बर्ष अझै हुँदैन ।’ रिपोटर्स नेपालबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु