मेलिनाको गनगन ‘तिमीले बाटो फे-यौ अरे’

म्यूजिक खबर
प्रकाशित: २० मंसिर २०७२, आईतवार

काठमाडौं । दर्पण राई गीतकारका रुपमा उदाउँदैछन् । पेसाले व्यवसायी भए पनि उनी आफनो पेसामा मात्रै सिमित छैनन् । गीतिकारिता र मोडलिङमा उनी दर्पण छाउँदै आएका छन् । हालै मात्र दर्पणको शब्दरचनामा गायिका मेलिना राई स्वर रहेको ‘तिमीले बाटो फे(यौ अरे’ गीतको म्युजिक भिडियो मनोरञ्जन नेपालमार्फत सार्वजनिक गरिएको छ । ‘अनप्लग’शैलीमा निर्माण गरिएको उक्त म्युजिक भिडियो श्रोताले निकै रुचाएका छन् । टंक बुढाथोकीको संगीत रहेको ‘तिमीले बाटो फे-यौ अरे’ बोलको गीतलाई भर्सटायल गायक राजेशपायल राईले पनि गाएका छन् । यसको पनि चाँडै चाँडै भिडियो ल्याउँने गीतकार तथा व्यवसायिक दर्पणले बताए ।
7
सन् २०१२ देखि कतारको दोहामा Capital Painting group co. सञ्चालन गर्दै आएका दर्पण गीति लेखनसँगै मोडलिङ पनि गर्दै आएका छन् । सोलुखुम्बुमा जन्मेर काठमाडौंको नयाँ बाजेश्वरमा स्थायी बसोबास गर्दै आएका दर्पणले पछिल्लो समय भने दोहालाई नै कर्मथलो बनाउँदै आएका छन् । गीति लेखन र मोडलिङमा भने आफनो रुचि भएको उनी बताउँछन । उनले चाँडै सोलो एल्बम ल्याउने बताए ।

Vocal: Melina Rai
Lyrics:Darpan Rai
Music: Tanka Budathoki
Video by Manoranjan Nepal

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु