‘मेलिना र उत्तम’को गीतमा ‘काजिश र कृष्टी’को रोमान्स (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २ माघ २०७४, मंगलवार

माघ २, काठमाडौं । विन्दवासिनी म्युजिक प्रालीको प्रस्तुतिमा गायिका मेलिना राई र गायक उत्तम विक्रम विष्टका आवाजमा रहेको निकै मन छुने ‘तिम्रो साथ’बोलको गीत सार्वजनिक भएको छ ।

आधुनिक विधाको गीतहरु सांगीतिक बजारमा न्युन भैरहेको अवस्थामा सन्जु पौडेलले तिम्रो साथ चर्चित कलाकारहरुको आवाज र अभिनयमा ल्याएकी छन् । जिन्दगीका दुख सुख सगै जिउने , साथ पाउदाँ एक अर्काको प्रगति र मायामा खुशीयाली वातावरण सिर्जना भएको छ । जिवनको अन्तीम पलमा पनि मायालुकै साथमा बाच्ने कसम गितमा खाइएको छ । रिसाएर पनि आफनी मायालुलाई नरिसाउन र जिवनका स्वणीम सपना सजाउन भनेका छन ।

‘तिम्रो साथ’ बोलको भिडियोमा काजिश श्रेष्ठ र कृष्टी पुन श्रेष्ठको अभिनय रहेको छ । काजिश श्रेष्ठको निर्देशक रहेको यस भिडियोमा अजय रेग्मीको छायाङ्कन रमित ओली को सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु