मैनापोखरीमा सांगीतिक मनोचिकित्सा

म्यूजिक खबर
प्रकाशित: ७ असार २०७२, सोमबार

दोलखा । भुकम्पबाट पीडित बनेका दोलखाको मैनापोखरी र जिरीमा कलाकारहरुले राहतको साथमा सांगीतिक रुपमा मनोचिकित्सा पद्धतिबाट पीडितहरुलाई सहज वातावरणमा फर्कन अनुरोध गरेका छन् । बैशाख १२ गते गएको विनाशकारी भुकम्प र त्यसपछि लगातार रुपमा गएको साना ठूला पराकम्पनका कारण क्षतविक्षत बनेको गाउँ र मानव बस्तीमा राहतको कार्यक्रम लिएर पुगेका कलाकारहरुले मनोचिकित्सा पद्धती अपनाएका हुन् । सधैं डर र त्रासमा रहेका मैनापोखरी र जिरीका बासिन्दाहरुलाई राहतको साथमा कलाकारहरुले सांगीतिक रुपमा जनचेतना जगाउने काम गरेका हुन् । गायक सत्यराज आचार्य, स्वरुपराज आचार्य, राजु ढकाल, विरही कार्की, दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाल, शम्भुजित बास्कोटा, मदनदास श्रेष्ठ लगायतका कलाकारहरुको टोलीले सांगीतिक रुपमा मनोचिकित्सा कार्यक्रम गरेका हुन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको अगुवाईमा भएको उक्त कार्यक्रममा कलाकारहरुले भुकम्पबाट पीडित बनेका मैनापोखरी र जिरीका बासिन्दाहरुमा भुकम्पबाट हुने खतराहरुका बारेमा पनि जनचेतना जगाउने प्रयास गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु