‘मैले त हाँसेर तिम्लाई रुनु प¥यो भने’

म्यूजिक खबर
प्रकाशित: १८ माघ २०७२, सोमबार

मायाप्रेममा कसैले पनि कल्पना गर्न सक्दैनन् कि एउटा प्रेमी हाँसेर बस्ने र अर्को प्रेमी राएर बस्ने दिन आउला भनेर । संसारमा माया प्रेम नै चोखो हुन्छ भन्छन्, सत्य हुन्छ भन्छन् त्यही भएर पनि एउटाको पीडामा अर्को उत्सव मनाउन भने सक्दैनन् । गीतकार गायत्री थापालाई पनि त्यस्तै भएको छ । गीति लेखनको क्रममा गायत्री थापाले धेरै गीत लेखिसकेकी छिन् । उनका गीतहरु चर्चाको शिखरमा पनि पुगे, अवार्ड पनि चुमे, सामाजिक सञ्जालमा पनि राम्रो स्थान जमाएकै हुन् । पछिल्लो समयमा पनि निरन्तर गीति लेखनमा सक्रिय गीतकार थापाले आज मात्रै एउटा गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् ।

मैले त हाँसेर तिम्लाई रुनु प¥यो भने
मान्छेको त के कुरा भो
ईश्वरलाई नै माफी दिन सक्दिनँ मैले
यदि तिमी र टाढा हुनु प¥यो भने

gayatri thapa
गीतकार थापाका शब्दमा संगीतकार श्रीकृष्ण बममल्लले संगीत भरेको यो गीतलाई सीडी विजय अधिकारीले स्वरबद्ध गरेका छन् । मायाप्रेमको गहिराईमा रहेर एउटा प्रेमीविनाको जिन्दगी चल्दैन भन्ने भावमा गीतकार थापा देखिएकी छिन् । शिवदर्शन डिजिटलबाट बजारमा आएको यो गीतको म्यूजिक भिडियोको कार्यकारी निर्देशकका रुपमा गायत्री थापा नै देखिएकी छिन् भने सिर्जन बरालले निर्देशन गरेका छन् । टेकेन्द्र शाहको सम्पादन रहेको यस म्यूजिक भिडियोमा हरि न्यौपानेको छायाँकन रहेको छ । शुभम र करिश्माले अभिनय गरेको यस गीतलाई शुभम् एल्बमभित्र समावेश गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु